logo
२०८१ बैशाख १४ शुक्रवार



सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित पुरुषको मृत्यु

प्रदेश |


सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित पुरुषको मृत्यु


अविनाश चौधरी
धनगढी, असोज २५ गते । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको आज बिहान मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको हो । असोज २० गते कोरोना सङ्क्रमण पुष्टि भए पनि ती पुरुषलाई २३ गतेमात्रै अस्पतालमा भर्ना गरिएको थियो ।
सुरुमा अवस्था सामान्य रहे पनि शनिबाररातिबाट अचानक स्वासप्रस्वासमा बढी समस्या देखिएपछि ती व्यक्तिलाई अक्सिजन दिइएको श्रेष्ठले जानकारी दिनुभयो । उपचारको क्रममा बिहान साढे दुई बजेतिर मृत्यु भएको जनाइएको छ । मृतक कलोजोको बिरामी रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १९ पुगेको छ । यसैबीच, कोरोनासंग जुधिरहनु भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरालाई थप उपचारका लागि आज काठमाण्डौं लगिएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि उहाँलाई एम्बुलेन्समार्फत काठमाण्डौं लगिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?