logo
२०८१ बैशाख १४ शुक्रवार



दशैँ खर्च जुटाउन परम्परागत सीप बेच्दै कैनी समुदायका युवा

फिचर |
पढ्नै पर्ने |


दशैँ खर्च जुटाउन परम्परागत सीप बेच्दै कैनी समुदायका युवा


राजेन्द्र ठगुन्ना

अमरगढी,असोज १४ गते । डडेल्धुरा अमरगढी नगरपालिका ७ पोखरा कैनी समुदायका युवाहरु दशैँ खर्च जुटाउनका लागि गाउँगाउमा गएर परम्परागत सीप बेच्दै अाएका छन् । डडेल्धुरा लगायत सुदुरपश्चिम तथा कर्णाली प्रदेशसम्म गएर कैनी समुदायका युवाहरुले परम्परागत सीपबाट निर्माण गरेका बाँस तथा निगालाेका समाग्रीहरु बिक्रि गर्ने गरेका छन् ।
अन्य वर्ष दशैँ अगाडी गाउँगाउँमा गएर बाँसबाट निर्माण गरिएका सामाग्रीहरु डुरो (अन्न भण्डार गर्ने बास तथा निगालाेबाट निर्माण गरिएको भाँडो) डोका नाङ्लो,डालो बिक्रि गरी आम्दानी गर्ने भएको र यस वर्ष कोरोनाका कारण लकडाउन हुँदा गाउँगाउँमा गएर विक्रि गर्न नपाएको ५८ वर्षीय नरफान पार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो लकडाउनले बेच्न नपाएका समाग्रीहरु केही दिनदेखी यातायात सुरु भएपछि डोटी तथा अछाम जिल्लातिर बेच्नका लागी गाउका युवाहरु गएको र एक हप्तादेखी दुई हप्ता पछि बेचेर घर फर्किएर आउछन् ।
डडेल्धुरा जिल्लामा कच्चा पदार्थ निगालाे नपाईने र निगालाे ल्याउनका लागि बझाङ जिल्लाको वित्थड जानुपर्छ एउटा निगालाेकाे २० रुपैयाका दरले किन्ने गरेको र डडेल्धुरा पुरयाउदा गाडी ढुवानीसहित एउटा निगालाेकाे ४० रुपैया पर्ने गरेको राजु कैनीले बताईन । उनले भनिन श्रीमान विरामी अवस्थाका भएकोले मैले निगालाेकाे बझाङबाट किनेर घरमा ल्याउछु अनी उहाँले सामाग्री बनाउनु हुन्छ ।
अन्नबाली भित्र्याउने समय भएको र अन्नवाली भण्डारणका लागि निकै राम्रो मानिएको डुरोलाई ३देखी ४ हजार,छाप्रो,टोकरी ५ सय, र डोको नाङलो ८ सयमा विक्रि गर्ने गरेका छन् । एउटा डुरो बनाउनका लागि ४ देखी ५ दिन लाग्ने गरेको नरफान पार्कीले बताउनुभयो ।
गाउँगाउमा भोकभोकै बिक्रि गर्न जाँदा हामीले भनेको मुल्य पाइँदैन ग्राहकसंग मोलमोलाई चल्छ र अवस्था हेरेर कुनै ठाउँमा घाटा खाएर पनि विक्रि गर्नु पर्ने बाध्यता रहेको छ । दशैँ तथा चाडबाड र घर खर्च चलाउनका लागि घाटा खाएर पनि विक्रि गर्ने गरेका छौ गाडी बुकिङ गरी अर्को जिल्ला जान्छौ त्यहाबाट पनि गाउगाउमा पुग्नुपर्छ विक्रिका लागि बिक्रि भएन भने सस्तो मुल्यमा विक्रि गरेर फर्किनुपर्छ ।
भदौ महिनासम्म निगालाे काटेर सामाग्रीहरु निर्माण गरी कैलाली,कञ्चनपुर,डोटी,बैतडी,अछाम,बझाङ जिल्लासम्म गएर विक्रि गरेर घर फर्किने र चाडवाडको खर्च जुटाउने गरेका कैनी समुदाय यस वर्ष कोरोनाले गर्दा असोज महिनामा सामाग्रीहर बिक्रिका लागि गाडी बुकिङ गरी डोटी तथा अछाम जिल्ला तर्फ गएका छन् । गाउगाउमा पुगि विक्रि गर्ने गरेको र किन्ने व्यक्तिसंग नगद पैसा नभए अन्न तथा बाख्रासंग साटेर दशै खर्च तथा घर खर्च चलाउने गरेको स्थानीय कृष्ण कैनीले बताउनुभयो । पुर्खादेखि शुरु गरिएको यही व्यवसायबाट घर खर्च तथा छोराछोरीलाई पठनपाठन गराउने गरेको नरफान पार्कीले बताउनुभयो । खेतीपाती गर्नका लागि आफुहरुसंग जग्गा जमिन नभएको र बाँस निगालाे नै चुलो बाल्ने माध्यम रहेको छ र यो पेशामा करिब ७०/८० परिवार आश्रित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?