logo
२०८१ बैशाख १४ शुक्रवार

  हप्तामा दुई दिन विदा कति उचित ?  



घुम्ने समय मिल्छ, आर्थिक गतिविधि बढ्छ

पढ्नै पर्ने |
पर्यटन |


घुम्ने समय मिल्छ, आर्थिक गतिविधि बढ्छ


मुकुन्द गैरे
काठमाडौँ, असोज १० गते । सरकारले आन्तरिक पर्यटन प्रवर्धन गर्नह प्ताको दुई दिन विदा दिन प्रस्ताव तयार पारेपछि आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ । यस्तो सरकारी व्यवस्था कार्यान्वयनलाई सरोकारवालाहरुले स्वागत गरेका छन् ।
अर्थविद् डिल्लीराज खनाल सातामा दुई दिन विदा दिने व्यवस्थाले आर्थिक क्षेत्र चलायमान हुने बताउनुहुन्छ । सामान्यतया मानिस स्वतन्त्र भएपछि घुम्ने समय मिल्नेसँगै आर्थिक गतिविधि बढ्ने भएकाले आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अर्थविद्खनाल बताउनुहुन्छ । आर्थिक क्षेत्रलाई हेर्दा सकारात्मक कुरा भएको कुरा उहाँ बताउनुहुन्छ ।
विभिन्न विकसित देशहरुले पनिहप्ताको दुई दिन विदा दिने गरेको उहाँ बताउनुहुन्छ । छिमेकी मुलुक चीनमा मानिसलाई घुम्ने समय मिलोस् भनेर विदाको व्यवस्था गरेको डा. खनाल बताउनुहुन्छ ।
पर्यटन मन्त्रालयले उक्त विदादिने कार्यलाई अगाडि बढाउन खोज्नु राम्रो कुरा भएको उहाँको भनाइ छ । यता, नेपाल सरकारका पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा हप्तामा दुई दिने व्यवस्था राम्रो भएको बताउनुहुन्छ ।
आई.एल.ओको व्यवस्था अनुसार पनि संसार भर हप्ताको ४० घण्टा काम गर्ने व्यवस्था छ । नेपालमा पनि अहिले त्यसै अनुसार काम भइरहेको छ । अहिले नेपालमा आइतबारदेखि बिहीबारसम्म दिनको ७ घण्टाको दरले ५ दिन काम गर्नुपर्ने व्यवस्था छ भने शुक्रबार ५ घण्टा काम गर्ने व्यवस्था छ ।दुई दिन विदा भए प्रत्येक दिन एक घण्टा काम गर्ने समय थप्नुपर्ने हुन्छ ।
धेरै तरिकाले हेर्दा उक्त व्यवस्था सकारात्मक पक्ष भएको पूर्व अर्थ सचिव बास्कोटा बताउनुहुन्छ । यसले आन्तरिक पर्यटनलाई प्रवर्धन बढाउने र अन्य कुरामा पनि सहजता ल्याउने उहाँको दावी छ । छ दिन कार्यालय जानुपर्नेमा पाँच दिन मात्र गएपछि सरकारी कार्यालयको यातायात वापत हुने खर्चसमेत बचत हुने उहाँ बताउनुहुन्छ । सडकमा गाडी कम चल्ने भए पछि सडकको तापक्रम घट्ने उहाँको भनाइ छ ।
मान्छे हप्ताको पाँच दिन मिहिनेत गरेर काम गर्छ भने बाँकी दुई दिन आफ्नो व्यक्तिगत क्रियाकलापमा समय खर्च गर्न पाउँछ । सरकारी कार्यालयमा क्षेत्रगत रुपमा विदा छुट्टाएर भन्दा पनि देशैभर विदा दिए प्रभावकारी हुने बास्कोटा बताउनुहुन्छ ।
आन्तरिक पर्यटनलाई व्यवहारमा कार्यान्वयन गर्ने हो भने सरकारी कार्यालय बन्दका िदन,निजी क्षेत्रका पसल लगायत किनमेल गर्र्नेे ठाउँहरु सबै खुला गर्नु्पर्नेमा उहाँको जोड छ । अत्यावश्यक सेवाका सरकारी कार्यालयहरु सिफ्ट गरेर शनिबार रआइतबार पनिखोल्न आवश्यक पर्ने पूर्वअर्थसचिव बास्कोटा बताउनुहुन्छ ।
आन्तरिक पर्यटनलाई बढाउन नेपालीले आप्mनो ठाउँको पहिचानबारे जानकारी लिन आवश्यक पर्छ । नेपालका पर्यटन व्यवसायीले आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
विदेशी मात्र पर्यटक हुनभन्ने भ्रम त्यागेर व्यवसायीहरु आन्तरिक पर्यटनमा पनि जोड दिन जरुरी रहेको पूर्व अर्थ सचिव बास्कोटा बताउनुहुन्छ । नेपाल एसोसिएसन अफ टुर एण्ड् ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष अच्यूत गुरागाईं सरकारले आन्तरिक पर्यटन प्रवर्धन गर्नको लागि दुईदिने विदा दिने प्रस्तावको स्वागत गरेको बताउनुहुन्छ । उक्त विदाले नेपालको पर्यटन क्षेत्रलाई प्रवर्धन गर्न सहयोग पुग्ने अध्यक्ष गुरागार्इं बताउनुहुन्छ ।
दुई रातको समयले घुम्न जाने मानिसहरुको समय पुग्ने उहाँको भनाइ छ । अव विदेशीमात्रै पर्यटक होइन स्वदेशी नेपाली पनि पर्यटक हुन भन्ने हामीले बुभ्mन जरुरी रहेको अध्यक्ष गुरागाईं बताउनुहुन्छ । आन्तरिक पर्यटनप्रवद्र्धन गर्न हामी २० वर्ष पहिलादेखि लाग्नु पर्ने हो तर त्यो हुन नसकेको बारे समयमै समीक्षा हुनु आवश्यक छ उहाँले बताउनुयो ।
नेपालबाट वार्षिक एकलाख भन्दा बढी विदेशमा घुम्न जाने गरेको अध्यक्ष गुरागार्इं बताउनुहुन्छ । नेपालबाट घुम्न आउनेलाई प्रोत्साहन र नेपालबाट बाहिर घुम्न जानेको लागि निरुत्साहित गरेर आन्तरिक पर्यटनलाई अघिबढाउन जरुरी रहेको उहाँको भनाइ छ । अहिले विभिन्न कलेज, स्कुलले बाहिरी मुलुकमा प्याकेज बनाएर घुमाउन नेपाली लैजाने गरेको पाइन्छ ।
मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बिहीबार मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरिसकेको छ ।
त्यसका लागि पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहने गरी समितिसमेत गठन गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप