logo
२०८१ बैशाख १५ शनिवार



भैँसी पालेर नामसँगै दाम कमाउँदै जुम्लाका व्यावसायिक भैँसीपालक किसान धिताल

फिचर |
पढ्नै पर्ने |


भैँसी पालेर नामसँगै दाम कमाउँदै जुम्लाका व्यावसायिक भैँसीपालक किसान धिताल
सांकेतिक तस्बिर


जुम्ला (खलङ्गा), असोज ६ गते । जुम्लाको गुठीचौर गाउँपालिका–५ का बिष्णु धिताल जिल्लाकै नमुना तथा व्यावसायिक भैँसीपालक किसानका रुपमा परिचित छन् । भैँसीपालन व्यावसाय शुरु गरेका उहाँले अहिले नामसँगै दाम कमाउँदै आएका छन् । व्यावसायिक भैँसी पालनबाट राम्रो आम्दानी गर्दै आएका उहाँसँग अहिले जिल्लाका अन्य पशुपालन कृषकले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् ।
उहाँले २०५२ सालदेखि एक भैँसीबाट व्यावसाय शुरु गर्नुभएको थियो । यसपछि २०६३ पछि व्यावसायिक रुपमा भैँसीपालन शुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पहिला एक मात्रै भैँसी थियो । ०६३ साल दुईदेखि चार भैँसी पाल्न शुरु गरेँ । झिसमिसे उज्यालो नहुँदै मोटरसाइकलमा सदरमुकामका डेरी र होटलमा दुध पु-याउने मेरो दैनिकी बनेको छ ।” उहाँसँग अहिले १५ भैँसी रहेका छन् । उहाँले भन्नुभयो,“व्यावसायिक भैँसी पालक रुपमा आफ्नो कर्म र भविष्य सम्झेर दिनरात नभनी व्यावसायमा खटिरहेको छु ।” धन कमाउन विदेश नै जानुपर्छ’ भन्ने सोच र मानसिकता भएका व्यक्तिलाई किसान धितालले गतिलो सन्देश दिँदै आएका छन् । सीप, जाँगर र परिश्रम गर्न सके स्वदेशमै बसेर पनि विदेशको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण सहित प्रस्तुत भएका उहाँले बताउनुभयो ।

वार्षिक ७ लाख बढी आम्दानी

दुध बेचेरै वार्षिक ७ लाख भन्दा बढी आम्दानी हुनेगरेको उहाँले जानकारी दिनुभयो । दैनिक ५० देखि ६० लिटर दुध खलङ्गा बजारमा प्रति लिटर एक सय बिक्री हुनेगरेको उहाँले जानकारी दिनुभयो । उहाँ भन्नभयो, “विहान ५ नबज्दै सदरमुकाम पुगी डेरी र होटलमा दुध पु¥याउँछु । यो वर्ष कोरोना भाइरसका कारण उत्पादित सबै दुध बजारमा नजाँदा करिब ३ लाख घाटा भयो । ” उहाँले दुध बेचेकै आम्दानीबाट घरपरिवार सञ्चालन तथा दुई छोरीको पढाइ खर्च पु¥याउँदै आउनुभएको छ ।
भैँसीका लागि आधुनिक गोठ, मलमुत्र जाने, ट्याङ्की, दाना खुवाउने भाडा, भैँसी नुहाउने ठाउँ, घास भण्डार केन्द्र लगायतका पूर्वाधार निर्माणलागि १८ लाख अनुदान भैँसीपालक धिताललाई प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताउनुभयो । धितालले व्यावसायिक रूपमा भैँसी पालन गरेर राम्रो आम्दानी गर्न थालेपछि यसक्षेत्रका अन्य कृषकसमेत आकर्षित हुँदै व्यावसायिक पशुपालन तर्फ लाग्न थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?