logo
२०८१ बैशाख १४ शुक्रवार



खानेपानी संस्थान बुटवलका इन्जिनीयर घुस रकमसहित पक्राउ

पढ्नै पर्ने |
खुला |


खानेपानी संस्थान बुटवलका इन्जिनीयर घुस रकमसहित पक्राउ


काठमाडौँ, साउन २६ गते । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु दुई लाख ३३ हजार ५०० नगद र बैङ्कमा जम्मा गरेको रु आठ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौँ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको आयोगले आज जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?