logo
२०८१ बैशाख १५ शनिवार



कालीकोटमा ३८ जनाले जिते कोरोना

प्रदेश |
फिचर |


कालीकोटमा ३८ जनाले जिते कोरोना


प्रेमराज सिम्खडा

कालीकोट, असार २९ गते । कालीकोट जिल्लाका ३८ जनाले कोरोना जितेर घर फर्किएका छन् । पटक पटकको परिक्षणमा कालीकोटका ४८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । ४८ मध्ये ३८ जनाले कोरोना जितेर घर गएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले ४८ मध्ये ३८ जनाको दोस्रो र तेस्रो पटकको स्वाब परिक्षण नेगेटिभ आएपछि २१ दिन थप होमक्वारेन्टाईनमा बस्ने सल्लाह दिएर घर पठाएको बताउनुभयो ।

अघिल्लो समयमा पोजेटिभ देखिएका मध्ये १० जना मात्र घर जान बाँकी थिए । तर आइतबारको परीक्षणमा थप ७ जनामा कोरोना पोजेटिभ देखिएपछि कालीकोटमा संक्रमितको संख्या ५५ पुगेको छ । सबै भन्दा बढी कोरोना संक्रमित जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका भित्रका रहेका छन् । थप पुष्टी भएका सात जनामा ५ जना सान्नीत्रिवेणी गाउँपालिकाका छन् । संक्रमित भएका ५ जना सँगै सान्नीत्रिवेणीका सबै संक्रमित २२ जना पुगेका छन् । नयाँ पुष्टी हुनेमा खाँडाचक्र नगरपालिका र महावै गाउँपालिकाका १/१ जना रहेका छन् । कोरोना अस्पतामा रहेका सबै निको भएर घर पठाईएको छ ।

उपचारमा सम्लग्न स्वास्थ्यक्रर्मीको रिर्पोट पनि नेगेटिभ आएपछि स्वास्थ्यक्रमि पनि घर गएका छन् । अहिले कोरोना अस्पताल खाली छ । नयाँ संक्रमित निको हुने वाँकी र पुराना संक्रमीतलाई सम्बन्धित स्थानीय तहमा राखेर उपचार भइरहेको छ । कोरोना पोजेटिभ भएका ब्यक्तिमा कुनै पनि लक्षण नदेखिएकाले सम्वन्धीत ठाउँमा नै स्वास्थ्यक्रर्मीको निगरानीमा राखिएको सूचना अधिकारी महतले बताउनुभयो । सान्नीत्रिवेणी गाउँपालिका पनि दोस्रो संक्रमितको संख्या शुभकालिका गाउँपालिकामा छ । शुभकालिका भित्रका सबै १४ जना पोजेटिभ निको भएर घर गएका छन, भने महावै गाउँपालिका भित्रका ९ जनालाई पनि निको भएर घर पठाईएको छ ।

महाँवै गाउँपालिकाका १ जनामा फेरी पोजेटिभ देखिएको छ । रास्कोट नगरपालिका २ मध्य एक जना घर गएका छन । खाँडाचक्र नगरपालिकाका सुरुका २ जना पोजेटिभ देखिएका थिए । दुवै जनालाई निको भएको छ । हाल सम्म नरहरीनाथ गाउँपालिका र पचालझरना गाउँपालिका भित्रका नागरिकमा भने कोरोना पोजेटिभ देखिएको छैन् । कालीकोटमा देखा परेका सबै कोरोना संक्रमित आयातित रहेको पाईएको छ । सबै भारतवाट आएका नागरिकमा पोजेटिभ देखिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?