logo
२०८० चैत्र ६ मंगलवार



तातोपानीमा एक युवालाई बाढीले बगायो

खुला |


तातोपानीमा एक युवालाई बाढीले बगायो


चित्र मिजार
सिन्धुपाल्चोक, असार २६ गते । भोटेकोशी गाउँपालिका-३ लार्चाका मगर थरका एक युवालाई ठाडोखोलाबाट आएको बाढीले बगाएको छ । भोटेकोशी गाउँपालिकाले दिएको जानकारी अनुसार युवकलाई बगाएको हो ।
गाउँपालिकाको अनुसार लार्चामा बाढीले चार घर पनि बगाएको छ ।

अविरल बर्षाका कारण लार्चामाथिबाट पहिरो र ठाडोखोलाबाट माटो र लेदो झरिरहेको छ । भोटेकोशी नदीमा पनि भीषण बाढी आइरहेको छ । माथिबाट पहिरो र तल रहेको नदीमा पनि बाढी आएपछि लार्चावासी भागेर ज्यान जोगाउन सफल भएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले भीषण वर्षा र जताततै पहिरो र बाढी आएपछि सुरुक्षाकर्मी उक्त स्थानमा जान नसकेको जानकारी दिनुभयो । त्यसकारण थप विवरण आउन नसकेको उहाँले बताउनुभयो ।

बाढीले भोटेकोशी जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीका कारण तातोपानी, कोदारी, बोलेपा, पाङशेर्पु नामक गाउँका पाँच सय स्थानीय घर छाडेर सुरक्षित स्थानमा लागेको भोटेकोशी गाउँपालिकी उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिनुभएको छ । बाढीले इलाका प्रहरी कार्यालय बाह्रबीसे चौकीलाई पनि जोखिममा पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?