logo
२०८१ बैशाख १४ शुक्रवार



उदयपुरमा कोरोना नियनत्रण हुँदै, भुल्केको सुरक्षा घेरा हटाइयो

पढ्नै पर्ने |
प्रदेश |


उदयपुरमा कोरोना नियनत्रण हुँदै, भुल्केको सुरक्षा घेरा हटाइयो


भक्तिविलाश पोखरेल
गाईघाट,जेठ १४ गते । नेपालमै पहिलोपल्ट ठूलो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ स्थित भुल्के गाउँमा स्थानीय प्रशासनले लगाउँदै आएको सिल बुधबार हटाएको छ ।

गत वैशाख ५ गते भुल्केस्थित मस्जिदमा बस्दैआएका चार नेपालीसहित १६ जनामध्ये १२ जना जमातीमा कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भएसँगै स्थानीय प्रशासनले भुल्के गाउँलाई पुरै सिल गरी कडा सुरक्षा घेरामा नियन्त्रण गर्दै आएकोमा बुधबारदेखि सिल हटाइएको जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार अहिलेसम्म सङ्क्रमितका परिवार र उहाँहरूसँग सम्पर्कमा रहेका मुस्लिम समुदाय र अन्य समुदायका समेत गरी भुल्के क्षेत्रका मात्रै पाँचसय ८२ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यसरी लगातार तेश्रोपटकसम्म पिसिआर परीक्षण गरिदा ३२ जनाबाहेक अरु पाँचसय ५० जनाको रिपोट नेगेटिभ आएको तथा कोरोना पोजेटिभ पाइएकामध्ये पनि २४ जना निको भएर घर फर्किसकेको र अन्य आठ जनाको पनि स्वास्थ्य स्थिति सामान्य रहेको हुँदा अबको केही दिनमै घर आउनसक्ने भएकोले भुल्के गाउँलाई केही दिन भित्रै कोरोनामुक्त घोषणाा गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताउनुभयो ।

तीन सय १५ घर परिवारका एकहजार पाँचसय स्थानीयलाई वैशाखको पहिलो सातादेखि हिलेसम्म सङ्क्रमित क्षेत्र भुल्केमा आफ्ने घर आँगनबाट अन्यत्र चल्नसमेत नदिएर र गाउँको चारैतर्फ सुरक्षा घेरामा राखिएकोमा अब समुदायमा कोरोना सङ्क्रमण नियन्त्रण हुँदैगएको पाइएपछि आजबाट त्यहाँको जनजीवन सहज तुल्याइएको हो ।

सङ्क्रमित क्षेत्र नेपाली सेनाको १८ नं बाहिनी अड्डानजिकै करिाब पाँचसय मिटरको दूरीमा छ । आउजाउका हिसाबले नजिकको बस्ती रहेकोले त्यहाँस्थित सैनिक अड्डासमेत उच्च जोखिममा छ कि भन्ने आशङ्का गरिएको थियो । तर अहिले त्यस्तो कुनै आशङ्का नरहेको र समग्र भुल्के क्षेत्रको जनजीवन पहिलेकै जस्तो सामान्य अवस्थामा फर्किरहेको बाहिनीका बाहिनीपति कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

स्वास्थ्यकर्मी, स्थानीय प्रशासन, त्रियुगा नगरपालिका, राजनैतिक दल तथा विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, सङ्क्रमित र उहाँहरूका परिवार तथा सञ्चारकर्मीहरूकोसमेत सामूहिक प्रयासबाट लकडाउनको पूर्ण पालना एवम् सुरक्षा विधिहरूको पालना गरिएकोले उदयपुरमा कोरोना भाइरस नियन्त्रणमा सहज भएको जिल्ला जनस्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

कोरोना अस्पताल विराटनगरमा उपचार गरी निको भएर एक साताअघि नै आएका तर मोगिढास्थित त्रियुगा जनता क्याम्पसकाे क्वारेन्टाइनमा बस्दैआउनुभएका ५५ वर्षिया रौसना खातुन, ४१ वर्षीय मुफतर मियाँ, १८ वर्षीय इमरान आलम, १८ वर्षीय पर्वेज आलम र २० वर्षीय आजाद आलमलगायत २४ जनालाई खादा अाेढाएर फूलमालासहित बिदाइ गर्दै स्वास्थ्य प्रमुख सुवेदीले आजबाट उदयपुवासीको जनजीवनमा खुसियालीसँगै नयाँ उत्साह आएको बताउनुभयो ।

उहाँले अब घरमा गएर पनि सामाजिक दूरी कायम गर्न, स्यानिटाइजर, मास्कलगायत सुरक्षा विधिहरू अपनाउन र सरकारले गरेको लकडाउनको पूर्ण रुपले पालना गर्न अनुरोध गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?