logo
२०८१ बैशाख १४ शुक्रवार



अमेरिकी बलर निसर्ग पटेलमाथि आईसीसीको प्रतिबन्ध

पढ्नै पर्ने |
खेलकुद |


अमेरिकी बलर निसर्ग पटेलमाथि आईसीसीको प्रतिबन्ध


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ९ गते । अमेरिकी अलराउण्डर निसर्ग पटेललाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ । काठमाडौंमा ओमान विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय खेलको क्रममा उहाँको बलिङ ‘एक्शन’लाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल समक्ष गुनासो गरिएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले उक्त गुनासोको छानबीनपछि पटेलको बलिङ ‘एक्शन’ मापदण्ड विपरित ठहर गर्दै प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकाले ओमान विरुद्ध माघ २८ गते कीर्तिपुरस्थित त्रिवि क्रकेट ग्राउण्डमा खेलेको थियो । उक्त खेलमा पटेलले सात ओभरमा ३७ रन खर्चेपनि विकेटविहीन बन्नुभएको थियो ।
उक्त खेलपछि आईसीसीको छानबीन समितिले अनुसन्धान सुरु गरेको थियो । पटेलको बलिङ ‘एक्शन’ आईसीसीले तयार गरेको १५ डिग्रीभन्दा माथि हुन नहुने मापदण्डभन्दा माथि पाइएको छ । उहाँले आफ्नो बलिङ ‘एक्शन’मा सुधार गरेपछि आईसीसीले पुनः परीक्षण गरेर सफाइ दिनसक्नेछ । तर पटेललाई ब्याट्सम्यान मात्रैको रुपमा भने अमेरिकी क्रिकेट टोलीले खेलाउन सक्नेछ ।
उहाँले अमेरिकाका लागि थोरै बलमा अद्र्धशतक लगाउने पहिलो खेलाडी समेत बन्नुभएको छ । ओमान विरुद्धको पहिलो खेलमा पटेलले मात्र ३२ बल अद्र्धशतक लगाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?