logo
२०८१ बैशाख १४ शुक्रवार



अवैध लागूऔषध सहित पक्राउ

प्रदेश |


अवैध लागूऔषध सहित पक्राउ


गोरखापत्र अनलाइन 
काठमाडौं, फागुन १ गते । पोखरा महानगरपालिका–७ सुन्दरमार्ग बस्ने ३२ वर्षीय हरिकृष्ण कार्कीलाई नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले अबैध लागूऔषध पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा खरीद बिक्री, ओसारपसार, सञ्चय तथा सेवन समेत गर्ने गरेको भन्ने प्राप्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारेको हो । कार्कीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।

त्यस्तै, मोरङको बिराटनगर महानगरपालिका–१२ आईतबारेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ८ ट्याब्लेट, एभिल २ एम्पुल, डाईजेपाम २ एम्पुल, लुप्रिजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र सिरिन्ज ३ थान सहित सुनसरी ईटहरी उपमहानगरपालिका–१० बस्ने २६ वर्षीय ज्ञानेन्द्र चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?