logo
२०८१ बैशाख १४ शुक्रवार



भन्सार छलेर ल्याइएका ३० थान मोबाइल प्रहरीले समात्यो

प्रदेश |


भन्सार छलेर ल्याइएका ३० थान मोबाइल प्रहरीले समात्यो


काठमाडौं, माघ १ गते । भारतबाट सिधै भन्सार छलेर काभ्रेपलाञ्चोकको बजारमा बिक्री भैरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा बनेपाबाट ३० थान राजस्व छलीका मोबाइल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बजार मूल्यभन्दा धेरै कम मूल्यमा बनेपामा मोबाइलको बिक्री वितरण भैरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाले छापा मार्दा दुई व्यापारीको साथबाट प्रहरीले ३० थान राजस्व छली गरेको मोबाइल बरामत गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बनेपाको बसपार्क क्षेत्रमा सस्तो मूल्यमा मोबाइल बिक्री भैइरहेको सूचनालाई पछ्याउने क्रममा ३० थान राजस्व छलेर भित्राइएको मोबाइल फोन बरामत गरेको बताउनुभयो ।

काठमाडौंमा प्रहरीले राजस्व बिनानै बिक्री भैरहेका विद्युतीय सामाग्रीहरुमा कडाइ गरेसँगै बनेपामा बिक्री भैरहेको मोवाइल फोन सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले बनेपाको बसपार्कमा संचालन गरेको एमजिआइ मोवाइल पसलबाट सामसुङ, एमआइ, आइफोन र रियलमी कम्पनीका नौ थान मोबाइल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक तिमल्सिनाले बताउनुभयो । त्यस्तै,बसपार्ककै बद्र्रश मोवाइल पसलमा राजस्व छली गरि चोरी निकासी भएको २१ थान विभिन्न कम्पनीका मोवाइल नियन्त्रणमा लिएको हो ।

प्रहरीले एमजिआइ मोबाइल पसलका संचालक सुदिप दाहाल तथा बद्र्रश मोबाइल पसलका संचालक सुनिल खनाललाई नियन्त्रणमा लिएको थियो । प्रहरीले बुधबार राजस्व कार्यालयमा बुझाएको जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?