logo
२०८१ बैशाख २६ बुधवार



सुख्खा पहिरोले बस्ती र हाइड्रोपावरमा क्षति

पढ्नै पर्ने |


सुख्खा पहिरोले बस्ती र हाइड्रोपावरमा क्षति


चित्र मिजार
सिन्धुपाल्चोक, पुस २९ गते । निरन्तर आईरहेको सुख्खा पहिरोले भोटेकोशी गाउँपालिकामा मानव बस्ती र सो ठाँउमा रहेको ३ मेघावाटको भैरवकुण्ड हाइड्रोपावरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ मा रहेको दुधिलोडाँडा खसेर पहिरो आएपछि सो हाइड्रोपावरमा क्षति पुगेको छ । पहिरो आएपछि कर्मचारी भागेर ज्यान जोगाएका थिए ।

सो हाइडो«को इन्जिनियर तथा साइट इन्र्चाज पुष्पराज डाँगीका अनुसार हेडर्वक्स, डेसन्डर, क्यानल, स्टाफ क्वाटर, एक स्काभेटर लगायतको भौतिक संरचना पुरेको छ । साथै मेशिन औजारमा क्षति पुगेको छ । सुख्खा पहिरो निरन्तर झरिरहेको छ । बस्ती र हाइड्रोलाई पुन क्षति पुग्ने खतरा रहेको छ ।
सो हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलका अनुसार पहिरो रोकिएको छैन । पहिरोले हाइड्रो र मानवबस्ती खतरामा परेको छ । सुरक्षाका लागि सम्बन्धित पक्षलाई खबर गरेको जानकारी दिनु भएको छ । सो हाइड्रोले हाल ८ सय ५० किलोवाट बिद्युत उत्पादन गरिरहेको थियो । पहिरोका कारण हाइड्रोका सम्पूर्ण काम बन्द भएको छ । पहिरो सोमबार दिउँसो दुई बजेबाट झरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सुख्खा पहिरोका कारण भैरवकुण्ड हाइड्रोपावरमा क्षति पुगेको र एक किलोमिटर तल रहेको मानव बस्ती खतरामा रहेको जानकारी दिनु भएको छ । उहाँका अनुसार पहिरोबाट थप क्षति हुन नदिन नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीले सुरक्षा दिइरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?