logo
२०८१ बैशाख १९ बुधवार

  पक्राउ परेका चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा चलाइने 



दक्षिण पूर्वी एशियाका अन्य देशमा साइबर क्राइममा सक्रिय रहेकाे आशंका

पढ्नै पर्ने |


दक्षिण पूर्वी एशियाका अन्य देशमा साइबर क्राइममा सक्रिय रहेकाे आशंका


केशवराज पौडेल

काठमाडौं, पुस ८ गते । एसियाका विभिन्न देशहरुमा चिनियाँ ह्याकर सक्रिय छन् । एसियाका भियतनाम, कम्बोडिया, इण्डोनेशिया, लाओस, मलेशिया बसेर उनीहरुले चीनकै बिरुद्ध समेत विद्युतीय अपराध संचालन गरिरहेका थिए । आफ्नै देशका नागरिकहरु विभिन्न देशहरुमा पुगेर चीन बिरुद्ध विद्युतीय अपराध संचालन भैरहनुलाई चीनले गम्भिरताका साथ लिदै आएको थियो । त्यसका लागि चीनले सूचना संयन्त्रलाई बलियो बनाएको थियो ।

चीनले यसअघि भियतनाम, कम्बोडिया, मलेशियामा बसेर विद्युतीय अपराधमा संम्लग्नहरुलाई सम्बन्धित मुलुकको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

सोमबार काठमाडौंमा पक्राउ परेका चिनियाँ नागरिकहरुमध्ये अधिकांश विगतमै विद्युतीय अपराधमा संलग्न रहेको पाइएसँगै नेपाल प्रहरीले अनुशन्धानलाई फराकिलो ढंङ्गबाट अघि बढाएको छ । त्यमसा चीन सरकारले समेत अनुसन्धानमा सहयोग गरिरहेको छ ।

प्रहरीले सोमबार बिहानै काठमाडौंको बूढानीलकण्ठ, मनमैजु, नयाँबसपार्क, बाँसवारी लगायतका स्थानमा चिनियाँ नागरिक बस्दै आएका अपार्टमेन्ट र होटलहरूमा छापा मारेको थियो । बिहान बेलुका परेड खेल्ने,सामुहिक रुपमा बस्ने र उनीहरुको गतिबिधी शंकास्पद देखिएपछि प्रहरीसम्म सूचना पुगेको थियो । सोमबार दिउँसो प्रहरीले अवैध रुपमा बस्दै आएका चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको खबर सनसनी रुपमा फैलियो, लगत्तै पक्राउ पर्नेहरुको संख्यामा बृद्धिहुँदै गयो । सोमबार साँझ ८ः०० बजेसम्ममा पक्राउ पर्ने चिनियाँ नागरिकहरुको संख्या १२२ पुग्यो । सो संख्या छ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । यद्यपी मंगलबार प्रहरीले चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छैन ।

पक्राउ परेका १२२ जना चिनियाँ नागरिकहरुको साथबाट प्रहरीले पाँचसयभन्दा धेरै थान ल्यापटप र मोबाइलका साथै विद्युतीय उपकरण बरामद गरेको छ । बरामद सामानहरुकै आधारमा उनीहरुलाई अनुसन्धान भैरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताउनुभयो ।

‘उनीहरुसँग बरामत भएको सामानहरुमा भएका गतिविधीहरुका आधारमा अनुसन्धान अघि बढ्छ’ - एसएसपी थापाले बताउनुभयो । प्रहरीले पक्राउ परेकाहरु मध्ये केहीको भिसाको म्याद सकिएको पाइएकाले त्यसमा समेत अनुसन्धान भैरहेको एसएसपी थापाले बताउनुभयो । पक्राउ परेका चिनियाँ नागरिकहरुले विगतमा समेत भियतनाम, कम्बोडिया,ईण्डोनेशिया, लाओस, मलेशिया लगायतका देशहरुमा बसेर अनलाइन ठगीको काम गर्दै आएको प्रारम्भिक अनुशन्धानमा खुलेको एसएसपी थापाले बताउनुभयो । ‘विगतमा उहाँहरुले गर्नुभएको क्रिमिनल गतिविधिलाई हामीले भेरिफाई गरिरहेका छौ’ - एसएसपी थापाले भन्नुभयो ।

चिनियाँ नागरिकसँग बरामत गरिएको विद्युतीय सामाग्रीहरुमा भएका गतिविधीबाटै अनुसन्धान अघि बढ्ने एसएसपी थापाले स्पष्ट पार्नुभयो । ‘एकै व्यक्तिबाट पाँचओटासम्म विद्युतीय सामाग्री बरामद भएको छ, त्यहाँ उनीहरुले गरेको गतिविधिको आधारमा अनुसन्धान भैरहेको छ’ - एसएसपी थापाले अनुसन्धानको सबै कोणबाट हेर्ने बताउनुभयो ।

पक्राउ गरिएका चिनियाँ नागरिकहरुलाई अदालतवाट अभद्र व्यवहारमा म्याद थपको तयारी गरेको एसएसपी थापाले स्पष्ट पार्नुभयो । मंगलबार पक्राउ परेका चिनियाँ नागरिकलाई अदालतबाट सात दिनको म्याद थपेर अनुशन्धान गरिने एसएसपी थापाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?