logo
२०८१ बैशाख १५ शनिवार



खुल्यो 'कपडा बैंक': दैनिक एक सयभन्दा धेरै कपडा लिन आउँछन्

गरीबलाई सित्तैमा

पढ्नै पर्ने |
प्रदेश |


खुल्यो 'कपडा बैंक': दैनिक एक सयभन्दा धेरै कपडा लिन आउँछन्


विष्णुप्रसाद पोखरेल

दमक, पुस ८ गते । झापाको कमल गाँउपालिका वडा नं. ६ को वडा कार्यालय परिसरमा बनाईएको कपडा बैकमा कपडा लिन आउनेको भिड बढेको छ । प्रयोग गरिएका तर सफा र नफाटेका कपडा संकलन गरेर कपडा बैकमा राखिएको र त्यहाँ आएर इच्छुकले छानेर लैजान सक्ने व्यवस्था मिलाईएको छ ।

कपडा बैकका संयोजक कृष्ण भण्डारीका अनुसार दैनिक १ सय देखि १ सय २५ जनासम्मले आवश्यकता अनुसार कपडा बैकमा आएर कपडा लगेकाछन् । अति विपन्न तथा कपडा किनेर लगाउन नसक्ने अवस्थाका नागरिकहरुलाइ लक्षित गरेर कपडा बैक सञ्चालनमा ल्याईएको र रेकर्ड राख्नका लागि एकजना कर्मचारी समेत व्यवस्था गरिएको उहाँले जानकारी दिनु भएको छ ।

जिल्लामा अन्यत्र पनि कपडा बैक भनेर खोलिएको र दुइ चार दिनमा बन्द भएको जनाउदै त्यस्तो नहोस भनेर कर्मचारी सहित वडा कार्यलय परिसरमा खोलिएको कपडा बैक नियमित सञ्चालनका लागि कपडा संकलन अभियान पनि चलाईएको भण्डारीले बताउनु भएको छ । जाडो याममा जाडोको कपडा र गर्मि याममा गर्मिलाइ हुने कपडाहरु संकलन गरेर राखिने उहाँले जानकारी दिनु भएको छ ।

च्यातिएको तथा फाटेको, धेरै पुरानो, नधोएको कपडा नलिइने गरेको, एकदुइ पटक लगाएर नयाँ अवस्थामा नै रहेका धेरै कपडाहरु कपडा बैकमा जम्मा भएको स्थानीय चेतना निरौलाले बताउनुभयो । बालबालिकादेखि लिएर जेष्ठ नागरिकहरुसम्म आएर छानेर आफुलाइ ठिक हुने लुगा लैजाने गरेको उहाँको भनाइ रहेको छ ।

कमल गाँउपालिका वडा नं. ६ का वडाध्यक्ष नरेन्द्र भट्टराइले यसलाइ स्थायी रुपमा सञ्चालनका लागि घुम्ती तथा आवश्यक स्थान उपलब्ध गराईएको र आवश्यकता अनुसार सहयोग गरिने छ । दुइसाता अघिदेखि सञ्चालनमा आएको कपडा बैक धेरै नै प्रभावकारी देखिएको छ, उहाँले भन्नुभयो ।

घरमा कपडा धेर भएर कतिपयलाइ समस्या नै भएको समेत बताउने गरेका पाएका थियौ, उहाँको भनाइ छ । अब धेरै भएका र आफुलाइ ठिक नभएका नफाटेका कपडा बैकमा ल्याएर दिए हुन्छ, उहाँको भनाइ छ । स्वयंसेवकहरुको व्यवस्था गरेर कपडा संकलन गर्न सकिने भएकाले यस बिषयमा समेत आफुहरुको ध्यान गएको उहाँले जनाउनु भयो । झापामा यसभन्दा अगाडि दमक, भद्रपुर र बिर्तामोड पनि कपडा बैक खुलेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?