logo
२०८१ बैशाख २७ बिहीवार



कोहलपुरमा तनाव रोकिएन, ३ बजेबाट कर्फ्यु आदेश

पढ्नै पर्ने |


कोहलपुरमा तनाव रोकिएन, ३ बजेबाट कर्फ्यु आदेश


सिराजुद्दिन खान

नेपालगञ्ज, मङ्सिर २२ गते । विद्यार्थिको आन्दोलनले उग्र रुप लिंदै गएपछि कोहलपुरमा स्थानीय प्रशासनले दिउँसो ३.०० बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

एक छात्रालाई ट्रकले किचेको घटनाले उग्र रुप लिदैं गएपछि कोहलपुरमा कर्फ्यु लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले बताउनुभयो ।

कोहलपुरको शुरक्षा ब्यवस्थालाई ख्याल गर्दै कर्फ्यु लगाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कर्फ्यु लगाउने निर्णय गरेको हो ।

अहिले कोहलपुर क्षेत्रमा प्रहरीले माईकिङ गरीरहेको छ । स्थानीय सर्वसाधारणलाई माईकिङ गरेर आ आफ्नो घर जान आग्रह गरीएको प्रहरी प्रमुख वलीले बताउनु भयो ।

कोहलपुर घटनामा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाही लगायत एक दर्जन प्रहरीहरु पनि घाइते भएको उहाँले बताउनुभयो । घाइतेहरुको उपचार कोहलपुर स्थित शिक्षण अस्पतालमा भईरहेको छ ।

सहपाठीलाई ट्रकले किचेपछि आन्दोलनमा उत्रिएका विद्याथीले प्रहरीलाई नै आक्रमण गर्न थालेपछि अवस्था नियन्त्रण बाहिर गएको हो । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले एक सय राउण्ड बढि हवाई फायर गरेको छ । प्रहरीले चलाएको गोलीबाट दुई जना विद्यार्थी गम्भीर घाईते भएका छन ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्दलाई ट्रकले किचेको थियो ।

यो पनि पढ्नुहोस्

ट्रकले विद्यार्थी किचेपछि आन्दोलन चर्कियाे, कोहलपुर अस्तव्यस्त

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?