logo
२०८१ बैशाख १५ शनिवार



जीप दुर्घटनामा १४ को मृत्यु

पढ्नै पर्ने |


जीप दुर्घटनामा १४ को मृत्यु
तस्विर सौजन्यः सुमन सुनार


चन्द्रप्रकाश शर्मा

पोखरा, मङ्सिर १७ गते । मध्यपहाडी लोकमार्ग  अन्तरगत बाग्लुङको बडिगाढ गाउँपालिका वडा नम्वर ७ जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीबाट बाग्लुङको निसीखोला गाउँपालिकाको देविस्थान आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको कोप्चेको भीरमा खसेको थियो ।

जिप दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको बडिगाढ गाउँपालिकाका कर्मचारी थम्मनबहादुर रेश्मीले जानकारी दिनुभयो । घटनामा घाइते तीन जनाको उपचारका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । प्रहरीका अनुसार जिपमा गुल्मीको इस्माबाट कुलपुजाका लागि निसीखोलाको बायोखोला जाँदै गरेका यात्रु सवार थिए । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?