logo
२०८१ बैशाख १५ शनिवार

 परम्परागत सीपले ज्यान जोगायो 



खोर बनाउने बुबालाई बधाई, तपाईँले बनाएको पासोमा चितुवा प-यो

पढ्नै पर्ने |
खुला |


खोर बनाउने बुबालाई बधाई, तपाईँले बनाएको पासोमा चितुवा प-यो


अमरराज नहर्की
भानु (फुस्रेटार) तनहुँ, मङ्सिर ८ गते । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका ७७ वर्षिय हरिभक्त ढकाललाई यतिबेला बधाई थाप्न भ्याई-नभ्याई छ ।
नरभक्षी चितुवाले वस्तीमा मान्छेलाई आक्रमण गर्ने आतङकित भईरहेको बेला ढकालले निमार्ण गरेको पासोमा आईतारबार फेरि चितुवा परेपछि उहाँको प्रशंसाको उचाई झन् चुलिएको हो ।
ढकालले निमार्ण गरेको परम्परागत पासोमा दुई वटा पोथी र एक वटा भाले गरी तीन वटा चितुवा परिसकेका छन् । ‘काम गर्नु त बुबा जस्तो पो जति प्रशंसा गरे पनि कमी हुन्छ भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले भन्नुभयो ।
समाजिक सञ्जालमा चितुवाको खोर बनाई पासोमा पार्न सफल बृद्धाको प्रशंसा गर्नेको थुप्रै रहेका छन् । ढकालको सीपको प्रशंसा गर्दै तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डिते फेसबुकमा लेख्नु भएको छ’ खोर बनाउने बुबालाई पुनः बधाई छ उहाँले बनाएको पासोमा चितुवा परेको छ ।’ ‘ढकालले निमार्ण गरेको पासोमा चितुवा परेपछि आईतबार दिनभर बधाई दिनेको भीड लागेको छ स्थानीय सञ्चारकर्मी नारेश्वरटार निवासी मनोज श्रेष्ठले भन्नुभयो, आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भने जस्तै पुराना कुरा र सीप अहिले काम लागेको छ ।’ ढकालले असोज १६ गते ३ नम्बर वडा स्थित देउराली सामुदायिक वन, कात्तिक २७ गते १ नम्बर वडा स्थित भिमसेन थुम्की सामुदायिक वन र मङ्सिर ८ गते आईतबार २ नम्बर वडा स्थित मजुवा ओख्ले सामुदायिक वनमा सामुदायिक वनको काठको प्रयोग गरी बनाईएको परम्परागत खोरमा बाख्रा राखि थापिएको पासोमा चितुवा परेको थियो ।
दुई जना सहयोगी भए १० दिनमा काठबाट चितुवाको खोर निमार्ण गर्न सकिने निमार्णकर्ता ढकाल बताउनुहुन्छ । भानु नगरपालिकाको जस्तै वैतडी र अर्घाखाँचीमा नरभक्षी चितुवाको आतङ्क पैmलिरहेको र त्यहाँ पनि ढकाललाई खोर बनाउन पठाउनु प¥यो भनेर माग आईरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
बरालका अनुसार आईतबार पासोकोमा परेको वयस्क पोथी चितुवाको करीव ४०/४२ किलो तौलको रहेको र उत्त चितुवा बुटवल स्थित मणिमुकुन्द पार्कमा पठाईएको छ । वनमा वस्ने चितुवा आहारा खोज्न मानव वस्तीमै पुग्न थाले पछि आतङ्कीत बनेका भानु नगरवासीवासीहरु फेरि चितुवा पासोमा परेपछि राहत महशुस गरेको र खोर बनाउने बुबालाई सबैले प्रशंसा गरेको भानु नगरपालिकाका मेयर उदयराज गौलीले बताउनुभयो ।
चितुवालाई पासोमा पर्न सफल भएको भन्दै उहाँलाई हौंसला प्रदान गर्न भानु नगरपालिका र डिभिजन वन कार्यालयले सयुक्त रुपमा मङ्सीर १ गते १० हजार नगद, दोसल्ला , प्रमाणपत्र सहित सम्मान गरिएको मेयर गौलीले जानकारी दिनुभयो ।
नरभक्षी चितुवाको आतङ्कले विर्सिएको कुरा सम्भिएँ ढकालले भन्नुभयो –सफल होला कि भनेर खोर बनाएको सफल भयो । भकुन्थोक र नागनागिनीमा २०२३ सालमा बच्चा खाएपछि मैलै बनाएको खोरमा चितुवा परेको थियो त्यसपछि मानविय क्षेती भएको थिएन, धेरै वर्षपछि हाल आएर नरक्षीभक्षी चितुवाले आतङ मच्चायो । मान्छे मार्ने तथा आफ्नो पनि लैनो भैंसीको पाडो र,गाई खाई दिएपछि गाउँमा अरुले बनाएको देखेर बनाएको र आपूmले बनाएको परम्परागत पासोमा चितुवा परेको ढकालले जानकारी दिनुभयो ।
घरमै आएर चितुवाले मानव माथि आक्रमण गर्ने गरेकोले घरबाट बाहिर निस्कन डराईरहेको भानु नगरपालिका–१ साँखेटारकी मनिता गुरुङले भन्नुभयो, चितुवाकै डरले यसपालीको देउसी र भैलो पनि कसैले खेलेनन् । बृद्धा ढकालले खोर बनाएको १४ दिन पछि चितुवा पासोमा पार्ने काममा सफलता मिलेको भानु नगरपालिकाले जनाएको छ ।
नरभक्षी चितुवाले २०७४ फागुन १ गते भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कार्तिक २९ गते जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १९ गते ढल्केबरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भकुण्डेथोकका ९ वर्षीया पुष्पा अधिकारी र असोज २१ गते जामुनेगैह्रा, भन्सारका ३ वर्षीय आशिष बानिया र कात्तिक ११ गते २ नम्बर वडाका ७ वर्षिय रितिक रोकाको मृत्यु भईसकेको डिभिजन प्रमुख बरालले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयले थापेको चार वटा मलामे खोरमा चितुवा नपरे पछि विभिन्न स्थानहरुमा भानु नगरपालिका, डिभिजन वन कार्यालय, सामुदायिक वन, सम्बन्धित वडा तथा स्थानीय वासिन्दाको सहयोगमा परम्परागत काठको खोर बनाएर पासो थाप्ने काम हुँदै आएको छ । सात वटा सामुदायिक वनमा परम्परागत काठको खोर बनाई सकिएको र दुई वटामा पनि चाँडै निमार्ण गर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?