logo
२०८१ बैशाख १४ शुक्रवार



भ्यान दुर्घटनामा तीनको मृत्यु, दुई जना घाइते

पढ्नै पर्ने |


भ्यान  दुर्घटनामा तीनको मृत्यु, दुई जना घाइते


गणेश खनाल
अर्घाखाची, कातिक २० गते ।अर्घाखाँची सन्धिखर्क नगरपालिका–६ नरपानीका भ्यान दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । भ्यानमा सवार पाँच मध्ये दुई जना घाईते भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट सन्धिखर्क आउदै गरेको बा १७ प ६९१७ नम्वरको भ्यान दुर्घटना हुँदा रुपदेन्ही सैनामैना २ का वर्ष ७० का दुर्गादेवी खड्का,सोही स्थानकै वर्ष ४० का तिलक खड्का सोही ठाउँ बस्ने वर्ष ४३ का भक्तबहादुर खड्काको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकृत प्रकाश खत्रीले जानकारी दिनुभयो ।

रुपन्देही सैनामैना नगरपालिका–२ कै चालक गगाबहादुर खड्का र उहाँ भतिज विनोद खड्का घाईते भएको जनाईएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?