logo
२०८० चैत्र ६ मंगलवार



साढे नौ घण्टापछि पाँचखालमा अवतरण भएका हेलिकप्टर काठमाडौं उडे

पढ्नै पर्ने |


साढे नौ घण्टापछि पाँचखालमा अवतरण भएका हेलिकप्टर काठमाडौं  उडे
तस्विरः राजन कार्कीको फेसबुकबाट


मधुसुधन तिमल्सिना

काभ्रे, भदौ ३१ गते । मौसम खराबका कारण काठमाडौं जान नसकेपछि पाँचखाल नगरपालिकामा अवतरण भएका चार हेलिकप्टर साढे नौ घण्टापछि काठमाडौं गएका छन् । मङ्गलबार बिहान ७ बजे पाँचखालमा अवतरण भएका चार हेलिकप्टर दिउँसो ४ः३० बजे मौसममा सुधार भएपछि काठमाडौं गएका हुन् ।

लुक्लाबाट अलपत्र परेका विदेशी पर्यटक लिएर काठमाडौ उडेका मनाङ्ग एयरका दुई वटा, सिम्रिक र कैलाश एयरका एक/एक वटा हेलिकप्टर खराब मौसमका कारण काठमाडौं जान नसकेपछि बिहान ७ बजे पाँचखालका किसानका खेतमा अवतरण भएका थिए ।

पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका थिए भने पाँचखाल नगरपालिका २ कै हर्सेमा एक वटा हेलिकप्टर अवतरण भएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले करीब साढे नौ घण्टापछि चार वटै हेलिकप्टर पाँचखालबाट काठमाडौं गएको बताउनुभयो । मौसममा केही सुधार आएपछि चार वटै हेलिकप्टर काठमाडौं गएका छन् । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाले पाँच जना सडक मार्गबाट र बाँकी १२ जना यात्रु हेलिकप्टरबाटै काठमाडौं गएको जानकारी दिनुभयो । सिम्रिक एयरका पाँच जनाले छिटो काठमाडौं पुग्नुपर्ने बाताएपछि पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले लैजानुभयो ।

उहाँका अनुसार चार वटा हेलिकप्टरमा १७ विदेशी पर्यटक र चार चालक दलका सदस्य रहेका थिए । चालक दलमा पनि दुई जना विदेशी र दुई जना नेपाली रहेका थिए । लुक्काबाट आएका विदेशी पर्यटकमा मलेसियन, चाइनिज र युरोपका रहेको एपी सापकोटाले जानकारी दिनुभयो ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखाल नगरपालिकामा आपत्त परे हेलिकप्टर अवतरण भएदेखी नउडन जेल सम्म स्थानीय र जनप्रतिनिधिले सत्कारका साथ राखेको बताउनुभयो । म आफैँ उहाँहरु भेटन पुगेको थिए, अन्य जनप्रतिनिधि, स्थानीयहरुको पनि सहभागिता रहेको थियो । हामीले स्थानीय स्तरमा हुने खानेकुरा खुवाएर करीब साढे नौ घण्टा उहाँलाई सुरक्षित स्थानमा हुनुहुन्छ भन्ने सन्देश प्रभाव गरिरयौँ । उहाँले भन्नुभयो । उहाँले सिम्रिक एयरमा रहेका पाँच जनालाई काठमाडौं ठमेलमा आफ्नै गाडीमा राखेर पुर्याएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?