लामखुट्टे मार्ने बन्दुकसहित सांसद बस्नेत बस्तीमा

स्वास्थ्य |


2019-09-11-1199


भक्तपुर, भदौ २५ गते ।  
भक्तपुरमा डेङ्गु रोगको प्रकोप फैलिएपछि प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत डेङ्गु नियन्त्रणका लागि लामखुट्टे मार्ने औषधिसहितको बन्दुक बोकेर बस्ती छिर्नुभएको छ ।     

हनुमन्ते सफाई अभियानले भक्तपुरमा आजदेखि शुरु गरेको डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहनुभएको सांसद बस्नेत औषधिसहितको बन्दुक बोकेर डेङ्गु रोग सार्ने लामखुट्टे मार्ने अभियानअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली वास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा लामखुट्टे मार्ने बन्दुक सहित गएर डेङ्गु प्रकोप नियन्त्रणमा सक्रिय हुनुभयो ।    
    
उहाँले डेङ्गु रोग प्रकोपका रुपमा फैलिँदै गएकाले त्यसको नियन्त्रणका लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकार आफ्नो क्षेत्रबाट रोग नियन्त्रणका लागि पहल गरिरहेको र सरकारलाई साथ दिँदै सबैले डेङ्गु नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, आजसम्ममा भक्तपुरमा ९९ सय जना बिरामीमा डेङ्गु फेला परिरहेका छन् । – फाेटाे (सांसद एवं पूर्वमन्त्री महेश बस्नेतकाे फेसबुकबाट साभार)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?