logo
२०८१ बैशाख १४ शुक्रवार



बङ्लादेशका मन्त्रीको कारमा बम आक्रमण   

अन्तर्राष्ट्रिय |


बङ्लादेशका मन्त्रीको कारमा बम आक्रमण   


ढाका, भदौ १५ गते । बङ्लादेशको राजधानी ढाकामा मन्त्रीको कारलाई लक्षित गरेर बम आक्रमण भएको छ ।    

शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन् ।    

आक्रमणमा को संलग्न थियो भन्ने बारेमा अहिलेसम्म कुनै पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।    

अमेरिकामा कार्यालय रहेको अनुगमनकर्ताहरुको संस्था एसआइटीइले आइतबार ट्वीटरमा लेखेको छ, “इस्लामिक स्टेट (आइए)ले ढाकामा भएको बम आक्रमण आफूहरुको तर्फबाट गराइएको दाबी गरेको छ ।”    

स्थानीय सरकार तथा ग्रामीण विकास मन्त्री ताजुल इस्लामलाई एउटा कार्यक्रममा सहभागी हुन गइरहेका बेला आक्रमण भएको हो । उहाँलाई छ जना सुरक्षाकर्मीले सुरक्षा दिँदै लगेका थिए ।    

मन्त्री इस्लाम बङ्लादेशको सीमा सुरक्षा बलको कार्यक्रममा सहभागी हुन लाग्नु भएको डिएमपी कार्यालयले जनाएको छ ।    

स्थानीय समय अनुसार शनिबार राति ९.२० बजेतिर विस्फोटन भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?