logo
२०८१ जेष्ठ ७ सोमवार



माओवादी केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्दै

मुख्य समाचार |


माओवादी केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्दै
फाइल फाेटाे


 

काठमाडौं, फागुन २२ गते । माओवादी केन्द्रीय समितिको बैठक दिउँसो २ बजे बस्दै काठमाडौं, फागुन २२ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे बस्दैछ । फागुन २० गते शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक हिजो शनिबार थप गृहकार्य गरेर आज पुन बस्न लागेको हो । यसअघिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो भन संसदबाट अनुमोदन भइसकेको मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल गरिएको थियो । बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल लगायतका नेताहरुले एमसीसीमा फरक मत राख्नुभएको थियो । ‘एमसीसीमा छलफल अस्ति सकियो । आज संगठनको विषयमा छलफल हुन्छ, कार्य समितिलाई पूर्णता दिइने, स्थनीय तहो चुनाव लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालको भनाई छ । आज बिहान ११ बजे तय भएको बैठक पार्टीमा थप आन्तरिक छलफल गर्नुपर्ने भएकोले बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्डमा बस्नेगरी केही समय पछि सारिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?