logo
२०८१ जेष्ठ २० आईतवार



माओवादी केन्द्रीय समितिको बैठक दिउँसो १ बजे सारियाे

मुख्य समाचार |


माओवादी केन्द्रीय समितिको बैठक दिउँसो १ बजे सारियाे
फाइल फाेटाे


 

काठमाडौं, फागुन २० गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमितिको बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजे सरेको केन्द्रीय कार्यालयले जनाएको छ ।

माओवादीको पदाधिकारी एवम् कार्यसमितिलाई पूर्णता दिइने, कार्यविभाजन, भावी कार्ययोजना लगायत संसदबाट अनुमोदन भइसकेको अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि थप छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताउनुभयो ।

यसलगायत आगामी स्थानीय तहको चुनाव र आगामी दिनमा पार्टी कस्तो भूमिकामा प्रस्तुत हुने विषयमा आन्तरिक बहस भइरहेकाले पनि माओवादी केन्द्रको बैठक केही घण्टा पर सरेको उहाँको भनाइ छ ।

बैठक काठमाडौंस्थित राष्ट्रिय सभागृहमा बस्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?