logo
२०८१ जेष्ठ ४ शुक्रवार



संसद् बैठक सुरु, एमालेको अवरोध कायम

मुख्य समाचार |


संसद् बैठक सुरु, एमालेको अवरोध कायम



काठमाडौं, फागुन १८ गते । प्रतिनिधिसभाको बैठक सवा १ बजेदेखि सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक प्रारम्भ भएको जानकारी दिनुभएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विराेध सुरु गरेका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्नुहुने कार्यक्रम छ ।

गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलो संसद् बैठक बसेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?