logo
२०८१ बैशाख ३० आईतवार



बालुवाटारमा गठबन्धन बैठक जारी

मुख्य समाचार |
राजनीति |


बालुवाटारमा गठबन्धन बैठक जारी
बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेता । रोशन सापकोटा, रासस


काठमाडौं, फागुन ५ गते। सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टादेखि जारी छ।

साँझ साढे सात बजेसम्म बैठक चलिरहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो।

बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, काँग्रेस महामन्त्री गगन थापालगायत गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?