logo
२०८१ बैशाख १५ शनिवार



राष्ट्रिय सभाको साेमबारकाे बैठक पुनः स्थगित

मुख्य समाचार |


राष्ट्रिय सभाको साेमबारकाे बैठक पुनः स्थगित


काठमाडौं, माघ २ गते । राष्ट्रिय सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठकको मिति पुनः स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै विशेष कारणले पूर्व निर्धारित दिन र समयमा सो बैठक बस्न नसकिएको जानकारी दिनुभएको हो ।

यसअघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित भएपछि माघ ३ गते तय भएको थियो । राष्ट्रिय सभा बैठकको अर्को मिति भने तोकिएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?