logo
२०८१ जेष्ठ २० आईतवार



राष्ट्रियसभा निर्वाचन : गण्डकीमा छ जनाको उम्मेदवारी

मुख्य समाचार |
राजनीति |


राष्ट्रियसभा निर्वाचन : गण्डकीमा छ जनाको उम्मेदवारी


अर्जुन काफ्ले
पोखरा, पुस २० गते । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा छ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीन सिटको लागि सत्ता गठबन्धनले तीन जना र प्रतिपक्ष दल नेकपा (एमाले) तीन जना गरेर छ जनाले छुट्टाछुट्टै उम्मेवारी दर्ता गराएका हुन् ।

प्रतिपक्ष नेकपा एमालेले ११ बजे नै गण्डकी प्रदेश निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको थियो । एमालेले खुलातर्फ कास्कीका पुण्यप्रसाद पौडेल, दलिततर्फ स्याङ्जाका अर्जुनकुमार सुनाम र महिलातर्फ नवलपरासीका लीला पोखरेल(थनेत) को मनोनयन दर्ता गराएको निर्वाचन कार्यालका प्रमुख हुमनाथ पराजुली बताउनुभयो ।

यस्तै सत्ता गठबन्धनले २ ः ३० बजे प्रदेश निर्वाचन कार्यालय पुगेर खुलातर्फ तनहुँका सुरेश आलेमगर(माओवादी केन्द्र) र दलिततर्फ गोर्खाका भुवन सुनार (माओवादी केन्द्र ) र महिलातर्पm कमला पन्त (नेपाली काँग्रेस) ले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

चार वर्ष पदावधि पूरा गरेर जान लागेका सदस्यका रिक्त स्थानमा आगामी माघ १२ गते को राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गरिएको हो ।

गण्डकीमा माओवादी केन्द्रका खुलातर्फ दीनानाथ शर्मा, दलिततर्फ खीमकुमार विक र महिलातर्फ नेकपा (एकीकृत समाजवादी)का शान्तिकुमारी अधिकारीको स्थानमा निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताउनुभयो ।

यहाँ प्रदेश सभाका ५९ र ८५ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित १७० जना गरेर गण्डकी प्रदेशमा २२९ मतदाता छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?