logo
२०८१ जेष्ठ ७ सोमवार



मोहम्मद अफताव आलमको मुद्दाको ‘हेर्न नभ्याइने’ सूचीमा

मुख्य समाचार |
समाज |


मोहम्मद अफताव आलमको मुद्दाको ‘हेर्न नभ्याइने’ सूचीमा


काठमाडौं, पुस १६ गते । नेपाली काँग्रेसका निलम्बित सांसद मोहमद आफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा आलमको मुद्दाको पेशी तोकिएको थियो । तर, न्यायाधीशद्वय कार्की र ढुंगानाको संयुक्त इजलासले आलमको मुद्दा शुक्रबार ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

विष्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान मार्ने उद्योगको मुद्दामा रौतटह जिल्ला अदालतको अलामलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, आलमले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।

आलममाथि २०६४ चैत २७ गते भएको संविधानसभा निर्वाचनका क्रममा बम विष्फोट हुँदा घाइतेलाई इँट्टाभट्टामा जलाएर मारेको अभियोग लागेको छ । आलममाथि विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?