logo
२०८१ बैशाख २२ शनिवार



राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

मुख्य समाचार |


राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान



काठमाडौं, पुस १ गते । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । बिहीबार बिहान आयोगले सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो ।

आयोगले दल दर्ताको म्याद यही पुस १० गतेसम्म तोकेको छ । आगामी माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । यसैगरी पुस २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिनसक्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?