logo
२०८१ बैशाख १५ शनिवार



एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मीलाई लोकप्रिय मत

मुख्य समाचार |
राजनीति |


एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, अष्टलक्ष्मीलाई लोकप्रिय मत


काठमाडौँ, मङ्सिर १४ गते । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनमा फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित हुनुभएको छ ।

कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए । मत परिणामबारे केहीबेरपछि आधिकारिक घोषणा हुने आयोगका सचिव बाबुराम दाहालले बताउनुभयो ।

ओलीका प्रतिस्पर्धी भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गर्नुभएको छ । मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदान भएको हो । अध्यक्ष ओली गत नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो ।

१० औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित हुँदा अष्टलक्ष्मी शाक्यले लोकप्रिय मत प्राप्त गर्नुभएको छ । शाक्यले १९ सय ७६ मत प्राप्त गर्दा भुसालले ७२५ मत मात्र पाउनुभएको छ ।

सचिवमा भीम आचार्य र टङ्क कार्की पराजित हुनुभएको छ । आचार्यले १३०० मत प्राप्त गर्नुभएको छ भने कार्कीले पाँच सय मत ल्याउनुभएको छ। सचिवमा योगेश भट्टराईले सर्वाधिक १९६४ मत प्राप्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?