logo
२०८१ बैशाख १५ शनिवार



धनी र गरिब राष्ट्रबीचको असमानता हटाउन जोड

मुख्य समाचार |


धनी र गरिब राष्ट्रबीचको असमानता हटाउन जोड


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १ गते । परराष्ट्रमन्त्री डा. नारायण खड्कासहितको प्रतिनिधिमण्डल युरोपको भ्रमण सकेर स्वदेश फिर्ता भएको छ । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानको भ्रमण सकेर उहाँ स्वदेश फर्कनुभएको हो ।
सर्बियाको राजधानी बेलग्रेडमा भएको दुईदिने असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा उहाँले दुई शक्ति राष्ट्रको पक्षमा कतै नलागेर तटस्थ रूपमा विश्वशान्ति र लोकतन्त्र, मानव अधिकारको वकालत गरेको बताउनुभयो । असंलग्न राष्ट्रहरूको पहिलो शिखर सम्मेलन आयोजना भएको ६० वर्ष पूरा भएको अवसरमा उच्चस्तरीय बैठक आयोजना गरिएको थियो ।

स्वदेश फिर्तीका क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले अहिले देखा परेको जातीय र अन्तरराज्य द्वन्द्व, हिंसात्मक अतिवाद, आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम, भूराजनीतिक जटिलता, हातहतियारको होडबाजी, धनी र गरिबबीचको असमानता, इन्धन तथा खाद्य सङ्कट र कोभिड–१९ महामारीले ल्याएको चुनौतीजस्ता विषयलाई जोडदार रूपमा आवाज उठाएको जानकारी दिनुभयो ।
भ्रमणका दौरानमा परराष्ट्रमन्त्री खड्काले सर्बियाका राष्ट्रपति एलेक्स्यान्डर भुसिससँग भेटघाट गर्नुभएको थियो । भेटमा आपसी सम्बन्धको विषयमा छलफल हुनुका साथै द्विपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने र दुई देशको सम्बन्ध थप बलियो गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । यस्तै उहाँले सर्बिया र टर्कीका समकक्षीसँग आपसी सम्बन्धको विषयमा छलफल गर्नुभएको थियो ।

बैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य सङ्कट र कोभिड–१९ को महामारीले ल्याएका चुनौती जस्ता विषयसमेत उठान गरेको उहाँले बताउनुभयो । उक्त बैठककै क्रममा महìवपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेटघाट नेपालका लागि महत्त्वपूर्ण रहेका पनि मन्त्री डा. खड्काको भनाइ छ । सोही अवसरमा उहाँले सर्बियाका राष्ट्रपति एलेक्स्यान्डर भुसिससँग भेट गरी दुई देशबीचको बहुआयामिक विषयमा छलफल गर्नुभएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?