logo
२०८१ जेष्ठ ७ सोमवार



राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको मुद्दामा अन्तरिम आदेश भएन

मुख्य समाचार |


राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको मुद्दामा अन्तरिम आदेश भएन


काठमाडौं, असोज ८ गते । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार उक्त मुद्दाको सुनाुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर बजराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलामा पेशी तोकिएको थियो ।
संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
राजनीतिक दलसम्बन्धी ९दोस्रो संशोधन० अध्यादेशविरुद्ध अधिवक्ता प्रदेश, अधिवक्ता अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, श्रीकान्त बराल र दलबहादुर धामीको गरी सर्वोच्चमा छ रिट निवेदन दर्ता भएको थियो ।
रिटमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न माग गरिएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ गते अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो ।
ऋजजभतग

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?