logo
२०८१ बैशाख १५ शनिवार



संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेशविरुद्धकाे रिटमा बेन्च बस्न नभ्याएपछि सुनुवाइ हुन सकेन

मुख्य समाचार |


संवैधानिक इजलासको सुनुवाइ रोक्ने आदेशविरुद्धकाे रिटमा बेन्च बस्न नभ्याएपछि सुनुवाइ हुन सकेन


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ७ गते । संवैधानिक नियुक्तिसम्बनधी मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध परेको रिट बिहीबार बेन्च बस्न नभ्याएपछि सुनुवाइ हुन सकेन । 
न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको भएपनि बेञ्च बस्न नभ्याएपछि बिहीबार सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतले जनाएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले संवैधानिक नियुक्तिबारेको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइ रोक्ने अन्तरिम आदेशविरुद्ध रिट दर्ता गर्नुभएको थियो ।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो ।
त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको शुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?