logo
२०८१ बैशाख १५ शनिवार

  मन्त्रिपरिषद् निर्णय  



राजनीतिक नियुक्ति गरेका राजदूतलाई फिर्ता बोलाइने

मुख्य समाचार |


राजनीतिक नियुक्ति गरेका  राजदूतलाई फिर्ता बोलाइने


काठमाडौं, असोज ५ गते । काठमाडौँ, असोज ५ गते । सरकारले राजनीतिक नियुक्तिका आधारमा बिभिन्न देशमा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मङ्गलाबार सिंहदरबारमा बसेका मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो ।
साथै कर्णाली करिडोरअन्तर्गत सल्लीसल्ला–सिमकोट खण्डको डुल्लीकुनादेखि लालीबगरसम्म र बद्रीगाउँदेखि हुक्काखोलासम्मको सडक निर्माण नेपाली सेनाबाटै गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी सरकारले कोभिड १९ को संकट सम्बन्धी व्यवस्थापन गर्न बनेको विधयेक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले औषधी ऐन २०३५ लाई संशोेधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
कोभिड १९ व्यवस्थापन आदेश २०७८ गर्ने निर्णय पनि भएको छ । संयुक्त राष्ट्र संघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरिएको जानकारी मन्त्री कार्कीले दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?