logo
२०८१ बैशाख १५ शनिवार

  प्रतिनिधिसभा बैठक  



 विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्काे बैठक असोज ४ गते

मुख्य समाचार |


 विनियोजन विधेयकमाथि  विचार गरियोस् भन्ने प्रस्ताव पारित,  अर्काे बैठक असोज ४ गते


काठमाडौं, भदौ २९ गते । प्रतिनिधिसभा संसदको मङ्गलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सो विधयेकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभएको हो । प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने पनि सभामुख सापकोटाले बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर विरोध जनाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?