logo
२०८१ बैशाख १५ शनिवार



सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

मुख्य समाचार |


सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा
फाइल तस्बिर


काठमाडौ, भदौ २७ गते । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले आइतबार बिहान १०: १५ बजे सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको जानकारी दिनुभयो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारका साथै संसदमा सत्तापक्षको रणनीति र संसद्लाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने उपसचिव तिवारीले जानकारी दिनुभयो ।

यता नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरोध गरिरहेको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विषयमा छलफल भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?