logo
२०८१ बैशाख २० बिहीवार



प्रचण्डसँग एमसीसी प्रतिनिधिकाे भेट, सबै दलसँग सहमति बनाएर अघि बढ्न सकिन्छ : प्रचण्ड

मुख्य समाचार |


प्रचण्डसँग एमसीसी प्रतिनिधिकाे भेट, सबै दलसँग सहमति बनाएर अघि बढ्न सकिन्छ : प्रचण्ड


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डझसँग नेपाल भ्रमणमा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरशन एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको छ ।
भेटमा अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताउनुभएको प्रचण्डको सचिवालयले जनाएको छ । उहाँले भेटमा देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताउनुभएको थियो
भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताउनुभएको सचिवालयले जनाएको यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनुहुँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको उहाँको धारणा थियोे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?