logo
२०८१ बैशाख २४ सोमवार



राष्ट्रियसभा बैठकमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

मुख्य समाचार |


राष्ट्रियसभा बैठकमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २२ गते । राष्ट्रियसभा बैठकमा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ सभा समक्ष पेश भएको छ । आज बसेको बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो प्रतिवेदन सभामा पेश गर्नुभयो ।

सोहीअनुसार प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ सभा समक्ष पेश गर्नुभयो । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले लोकसेवा आयोग विधेयक २०७५ लाई सभा समक्ष टेबुल गर्नुभयो ।

सभाको अर्को बैठक आइतबार १ बजे बस्ने सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई जानकारी गराउनुभयो । आजको बैठकमा सांसदहरुले विशेष समय र शुन्य समयमा आफ्ना धारणा राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?