logo
२०८१ बैशाख २८ शुक्रवार



खोप सहज बनाउन निर्देशन

मुख्य समाचार |


खोप सहज बनाउन निर्देशन


गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस सङ्क्रमणको तेस्रो चरण फैलिन नदिन उच्चस्तरीय स्वास्थ्य सतर्कता र आवश्यक तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल नेतत्ृवको स्वास्थ्य विज्ञहरूसँगको आइतबारको भेटमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुुभएको हो ।
“प्रत्येक नागरिकको स्वास्थ्यप्रति सरकार चिन्तित रहेकाले कोरोनाविरुद्धको खोप खरिद प्रक्रियालाई छिटोछरितो र चुुस्त बनाई सहज र सुरक्षित ढङ्गले खोप लगाउने वातावरण मिलाउनुुपर्छ”, उहाँले भन्नुुभयो । प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक तयारी र प्रतिकार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुुभयो । सरकारले खोपलाई उच्च प्राथमिकता दिँदै आएको छ ।
सीमा नाकामा होल्डिङ सेन्टर निर्माणसँगै स्वास्थ्य परीक्षण, टे«सिङलगायतका कार्य प्रभावकारी बनाउन र अस्पतालमा श-या क्षमता विस्तार तथा अक्सिजन आपूर्ति सहज बनाउन प्रधानमन्त्री देउवाले सचिव अर्यालसहितको विज्ञ समूहलाई निर्देशन दिनुुभयो ।
सर्वसाधारणले खोप लगाउन घण्टाैंसम्म लाममा बस्नुुपर्ने अवस्था अन्त्य तथा बाक्लो भीडभाडका कारण सामाजिक दूरी कायम नहुँदा कोरोना फैलिन सक्ने कुराप्रति सचेत गराउँदै उहाँले खोप केन्द्रको सङ्ख्या वृद्धि गर्न निर्देशसमेत गर्नुभएको छ । कोरोना सङ्क्रमणको पहिलो, दोस्रो हुँदै अब तेस्रो लहर फैलिने सम्भावना रहेकाले त्यसबाट सुरक्षित हुन कोरोनाविरुद्धको खोपसँगै सामाजिक मापदण्डको पालना र सामाजिक दूरी कायम राख्न लगाई आवश्यक तयारीमा ढिलाइ गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
खोप केन्द्रको निरीक्षण
यसैबीच प्रधानमन्त्री देउवाले सोमबारबाट सुरु हुने जोन्सन एन्ड जोन्सन खोप केन्द्रको निरीक्षण गर्नुहुने भएको छ । अमेरिकी सरकारबाट प्राप्त जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ उपत्यकाबाट लगाइँदै छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खोपलाई उच्च प्राथमिकता राखी खोप लगाउने कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिएकोले बिहान १० बजेबाट प्रधानमन्त्री देउवाबाट निरीक्षण कार्यक्रम राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल र पाटन अस्पतालमा रहेका खोप केन्द्रको निरीक्षण गर्नुहुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?