logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



राणाकालका शैक्षिक प्रसङ्ग

शिक्षा |
फिचर |
शनिवार |


राणाकालका शैक्षिक प्रसङ्ग


प्रकृति अधिकारी

‘दाम ली छापी दिनू’ यही आदेश थियो गोरखापत्रका लागि । गोरखा पत्रिका (गोरखापत्र)मा के छाप्ने र के नछाप्ने भन्ने फेहरिस्त तोकिएकै थियो । खबर छाप्नू भन्ने अ¥होट थियो । त्यो बेला अङ्ग्रेजी शिक्षा झाङ्गिने क्रम सुरु भइसकेको थियो । दरबार स्कुलका प्रिन्सिपल बटुकृष्ण मैत्रले अङ्ग्रेजी शिक्षाको विस्तारका लागि वकालत गर्न थालिसकेका थिए । तर ‘श्री ३ महाराज’ देवशमशेरका शिक्षा सल्लाहकार जयपृथ्वीबहादुर सिंह र मोतिराम भट्टलाई यो कुरा चित्त बुझेको थिएन । पण्डित हरिहर आचार्य दीक्षित र सुब्बा दिव्यदेव पन्त पनि जयपृथ्वीकै भनाइप्रति सहमत थिए । फलस्वरूप भाषा पाठशाला स्थापना गरिए । ती पाठशालामा अध्यापन गर्ने किताब गोरखापत्रमा छपाइ भए वा अन्यत्र ?

पशुपत–प्रेसमा अक्षराङ्क शिक्षा
१९५८ मिति आषाढ वदी १ सोमबार गोरखापत्रमा समाचार छापियो, “श्री ३ महाराज देवशमशेर जंग राणा बहादुरबाट कम्याण्डर इन चीफ छदैमा बझाँगी राजालाई केटाकेटी पढाउन्या किताबहरू तरजुमा गर्नु भन्ने हुकुम बक्स्याको रहेछ सो हुकुमबमोजिम निज बझाँगी राजाले असल तवरसँग धेरै किताब तयार गरी श्री ३ महाराजका हजुरमा नजर गराउँदा राजा भै यत्रो मिहिनत गरी सर्कारलाई र दुनियाँलाई पनि फाइदा हुने यस्तो किताब तयार गरेको हुनाले श्री ३ महाराज खुस भै बक्सियो । चाकरी गर्नु भन्याको यही हो ।”
तिनै भाषा पाठशालामा अध्यापन गर्नका लागि जयपृथ्वीबहादुरले ‘अक्षराङ्क शिक्षा’ नामक किताब लेखिदिएका थिए । त्यसअघि नेपालको किताब थिएन । संस्कृत पाठशाला र दरबार स्कुलमा भारतीय किताब अध्यापन गरिन्थ्यो । भूगोल पनि भारतकै पढाइन्थ्यो । अक्षराङ्क शिक्षाको छपाइ पशुपत छापाखानामा भयो । पशुपत छापाखाना त्यही ‘प्रेस’ थियो जहाँ गोरखापत्रको पनि छपाइ हुन्थ्यो । गोरखापत्रको पहिलो अङ्कमा पशुपत–प्रेस भनी छापिएको थियो ।
अक्षराङ्क शिक्षाको अग्रपृष्ठमा “श्रीराजा जयपृथ्वीबहादुर सिंहकृत नेपाल ‘पशुपत छापाखाना’ मा छापि प्रकाश गरीयो सम्वत् १९५८ साल्” भनेर लेखिएको थियो । जयपृथ्वीबहादुरले हरेक पाठशालालाई एउटा किताब र एउटा स्लेट निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइदिए । सुरुमा पाँच हजार थान किताब छपाइएको थियो । सबै प्रति वितरण हुन पाएकै थिएन, देवशमशेर धपाइए । ‘श्री ३ महाराज चन्द्रशम्शेर जङ्गराणाबहादुर महाराज होइबक्सनाले महाराज देवशम्शेर जङ्गबहादुरको ठूलो कल्याण भयो । हाल श्री ३ महाराजबाट प्राइमिनिष्टरी नउठाइ बक्सेका भये महाराज देवसम्शेर जङ्गराणाबहादुरको अवश्य ज्यान जाने थियो.’ भनेर गोरखापत्रले देवशमशेरलाई सत्ताच्युत गरेर प्रधानमन्त्री बनेका चन्द्रशमशेरका पक्षमा यसरी सम्पादकीय छापेको थियो । काठमाडौँमा देशभरिका कहलिएका विद्वान्हरूको सम्मेलन आयोजना गरिएको थियो र त्यसमा एक वर्षभित्र भाषा पाठशालाको सङ्ख्या दुई सय पु¥याउने प्रतिबद्धता गरिएको थियो । तर लगत्तै सत्तासीन चन्द्रशमशेरले धेरै भाषा पाठशाला बन्द गराए । जयपृथ्वीबहादुरले प्राकृत व्याकरण, भाषा कोश, भूगोल विद्या, पदार्थ तŒव विवेक, शिक्षा दर्पण, व्यवहारमाला, तŒव प्रशंसालगायतका पुस्तक लेखेका थिए । हरिहर आचार्य भागेर भारतको मुम्बइ गए । त्यहाँ उनले गोर्खाग्रन्थ प्रचार मण्डली स्थापना गरेर नेपाली भाषाका केही किताब छपाए तर सफल हुन सकेनन् ।

गोरखा शिक्षा बम्बईमा
चन्द्रशमशेरले १९६९ सालमा राममणि दीक्षितलाई जिम्मेवारी दिएर गोर्खा भाषा प्रकाशिनी समिति स्थापना गरे । समितिले सबैभन्दा पहिले गोरखा शिक्षा पहिलो भाग तयार ग¥यो । पाठशालामा अध्यापन गर्ने किताब तयार गर्न चक्रपाणि चालिसे, रामचन्द्र अधिकारी, दयानिधि रिमाललगायतलाई जागिरे बनाइएको थियो । समितिले तयार गरेका किताब जाँच्ने बोर्ड गठन गरिएको थियो । बोर्डमा पं. विष्णुहरि शर्मा, सुब्बा वीरेन्द्रकेशरी अज्र्याल, पं. विश्वनाथ रिमाल, पं. जीवनाथ नेपाल, हेड पण्डित सोमनाथ सिग्देल, पं. गोपाल पाँडे, हेडमास्टर शारदाप्रसाद मुखर्जी र पं. हरिप्रसाद प्याकुरेल थिए । १९७१ साल वैशाख ३१ गते जाँचकी मण्डलको पहिलो बैठक बसेको थियो । बैठकले व्याकरण शुद्ध गराउनुपर्ने बाहेकका समस्या नभएको ठह¥यायो । भारतको बम्बई (हाल मुम्बई) मा रहेको निर्णयसागर प्रेसमा छपाइ गरियो । जम्मा एक हजार थान छापिएको थियो । १९७२ साल चैत २४ गते किताब हेरेपछि चन्द्रशमशेरले १० हजार प्रति छाप्नुपथ्र्याे भनेका थिए । स्वदेशमा पाँच हजार प्रति छाप्न सक्ने छापाखानालाई छपाइको जिम्मेवारी नदिई भारत लगियो ।
आफ्नो छापाखानामा छाप्न नपाए पनि गोरखापत्रले १९७२ पुस २६ गते उदार हृदयसाथ समालोचना छाप्यो– “...यस सप्ताहका गोर्खापत्रमा गोरखा शिक्षा–संख्या १ वा पहिलो पुस्तक तयार भयाको जाहेरी खबर प्रकाश गर्न पाउँदा ठुलो हर्ष लागेको छ । उक्त पुस्तक अंग्रेजी फष्ट बुकका किसिमको छ । रामु अक्षर, बाह्रखरी इत्यादि शिशुबोधिनीद्वारा जानी सकेका केटाकेटीलाई पढाउने पहिला पुस्तक हो । यो पुस्तक बम्बई–निर्णय सागर प्रेसमा छापियेर आइपुग्यो । यस्तो असल पुस्तकको मूल्य पनि सस्तै छ अर्थात् । २५ पैसामात्र राखेको छ । आशा गरिन्छ कि उक्त समितिका अध्यक्ष सुब्बा राममणि आदीद्वारा अरू पनि यस्ता धेरै पुस्तकहरू चाँच्चाँडै नै बराबर निस्कनन् । ती पुस्तकहरूका करेक्सनमा विशेष ध्यान दियियेला भन्ने उमेद पनि गरिन्छ ।” त्यो किताबमा शुद्धाशुद्धिमा समस्या थियो भनेर गोरखापत्रले अन्तिममा औँल्याइदिएको थियो । राममणि हलन्त विरोधी थिए, त्यसैले हलन्त नराख्नुलाई स्वाभाविकरूपमा अशुद्ध ठानिन्थ्यो । १९९० मा गोर्खा भाषा प्रकाशिनी समितिको नाम नेपाली भाषा प्रकाशिनी समिति बनाइयो ।

गोर्खा भाषा प्रकाशिनी समितिले प्रकाशन गरेको गोरखा शिक्षा दोस्रो भागको भूमिका पृष्ठ ।

गोरखापत्रलाई जिम्मेवारी
१९८९ साल असार २२ गते तत्कालीन प्रधानमन्त्री भीमशमशेरले गोरखा भाषा प्रकाशिनी समितिको सवाल (सनद) परिवर्तन गरिदिएका थिए । त्यसमा ‘कलेज, स्कुल, टेक्निकल स्कुल, पाठशाला, कन्या पाठशाला र स्रेस्ता पाठशाला’का लागि आवश्यक पर्ने कस्ता किताब छाप्ने, कहाँ छाप्ने, वितरण कसरी गर्ने लगायतका बारेमा प्रष्ट उल्लेख थियो । सकभर गोरखापत्रमै छपाउनू र गोरखापत्रले छाप्न नसक्ने अवस्थामा मात्र अरू छापाखानामा लैजानू भन्ने आदेश थियो । किताब छपाइको काम विदेश लैजाने परिपाटी भत्काउन खोजिएको थियो । गोरखापत्रका लागि मात्र फाइदाकारी नभएर स्वदेशका अन्य छापाखाना उद्योग पनि हुर्कन पाउने अवसर थियो त्यो । नयाँ सवालको ११औँ बुँदामा स्पष्ट उल्लेख गरिएको थियो, “कितापहरू छपाउँदा गोरखापत्रबाट छाप्न सक्ने किताब जति सोही छापाखानाबाट र अरू किताप जहाँ छपाउँदा किफायेत हुन आउँछ सोही प्रेसमा छपाउने गर्नू ।” समिति, जङ्गी स्कुल र अन्य ऐनका किताबसमेत ‘सर्कारिया छाप्नुपर्ने सबै काम’ गोरखापत्र छापाखानाबाट छाप्ने गरी गोरखापत्र छापाखानालाई मसलन्दका लागि धेरै निकासा थप भएको सवालका अन्य बुँदाबाट थाहा हुन्छ ।
भीमशमशेरले जारी गरेको सवालको १२औँ दफामा ‘गोरखापत्र छापाखानालाई मद्दत मसलन्दहरू धेरै निकासा थप भैगएकाले तेस समितिबाट छपाउनुपर्ने बोर्डका मेम्बरहरूले जाँची पास गरी दियेका कितापहरू छपाउनालाई गोरखापत्र छापाखानाबाट छपाइ लिने र सो छापाखानाबाट छाप्न नभियाउने भै अरू छापाखानाहरूलाई नपठाइ नहुने र देशमा पठाउनुपर्ने हुन आएमा समेत सो बेहोरा जाहेर गरी निकासाली छपाइ लागेको छपाइ खर्च निकासा भयाको रूपैञा मध्येबाट दिने गर्नु गोरखापत्र छापाखानाबाट छपाउने जति यति म्यादभित्र छापी बुझाइ दिनु भन्ने मनासिव माफिक म्याद तोकी साल बसाल छाप्नुपर्ने काम जति जम्मै गोरखापत्र छापाखानाबाट छपाउन हुनेसम्मको सो छापाखानाबाटै छपाइ तयार गराइली लागेको छपाइ खर्च निकासा जम्मा बाटै खर्च लेखिदिनु’ भन्ने उल्लेख थियो ।
१९९१ साल असोज २१ मा सो दफा खारेज गरियो । त्यसको सट्टा नयाँ दफा थप गरियो । नयाँ दफामा गोरखापत्रले छाप्न नभ्याएमा मुलुकभित्रैको जोरगणेश छापाखानामा छपाउनू, त्यहाँ पनि नभ्याउने स्थिति भएमा बल्ल मुलुक बाहिर लैजानू भन्ने नियम बनाइयो । सवालको नयाँ बुँदा यस्तो थियो, “अघि गोर्खापत्र छापाखानाबाट नभ्यायेको अरू प्रेसबाट छपाइ लिने भएको छ तापनि समिति जङ्गी स्कुलको किताब र अरू ऐन किताप समेत सर्कारी छाप्नुपर्ने सबै काम गोर्खापत्र छापाखानालाई मद्दत मसलन्दहरू धेरै निकासा थप भै गएकाले तेस समितिबाट छपाउनुपर्ने बोर्डका मेम्बरहरूले जाँची पास गरी दिएका कितापहरू छपाउनालाई गोर्खापत्र छापाखानाबाट छपाइ लिने र सो छापाखानाबाट छपाउन नभीयाउने भै अरू छापाखानाहरूमा नपठाइ नहुने र देशमा पठाउनुपर्ने हुन आएमा समेत सो व्यहोरा जाहेर गरी निकासा ली छपाइ लागेको छपाइ खर्च निकासा भयाका रूपैयामध्येबाट दिने गर्नु चाँडै छापी प्रकाश गर्नुपर्ने उपयोगी कितापहरू छापाखाना र जोरगणेशका प्रेसबाट छापा गर्न नभ्यायेमा वा तेस ठाउँभन्दा अन्त असल र किफायेत तसवीरहरूसमेत राखी छपाउनुपर्ने हुन आएमा अन्त प्रेसमा र देशावरमा पठाइ छाप्न दिनु परेमा समेत डाइरेक्टर जनरलसम्म जाहेर गरी डाइरेक्टर जनरलले पनि अरू प्रेसबाटै छपाउने मुनासिव ठहराएमा डाइरेक्टर जनरलको दस्तखत गराइ सो दस्तखतबमोजिम छपाउनु गोर्खापत्र छापाखानाबाट छपाउने जति यति म्याद भित्र छापी बुझाइ दिनुभन्ने मनासिव माफिक म्याद तोकी साल वसाल छाप्नुपर्ने काम जति जम्मै गोरखापत्र छापाखानाबाट छपाउनु हुनेसम्म सो छापाखानाबाटै छपाइ तयार गराइली लागेको छपाइ खर्च निकासा जम्माबाटै लेखी दिनु ।”

खबर गोरखापत्रलाई
सीमित सम्पादकको भरमा प्रकाशन हुँदै आएको गोरखापत्रले ‘सदर, काँठ, पहाड र मधेस’ लगायतका चारै खुटको खबर छाप्नका लागि समाचारदाता अह्वान गर्नुपरेको थियो । खबरअनुसारको रकम वा गोरखापत्र ती समाचारदातालाई दिइन्थ्यो । गोरखापत्रका ग्राहकहरूले पठाएका समाचार पनि स्वीकार्य हुन्थ्यो । उनीहरूले पठाएको समाचार छापिएपछि समाचारदाता सरहको कदर गरिन्थ्यो । चन्द्रशमशेरले १९७६ सालमा भाषा पाठशालाको निरीक्षण गर्न पाठशाला बन्दोबस्त नागरी फाँटको मातहतमा इन्स्पेक्टरी अफिस खडा गरेका थिए । त्यसको जिम्मेवारी विद्वच्छिरोमणि हेमराज शर्मालाई दिइएको थियो । १९९० सालको निजामती थमौतीमा स्कुल अफ इन्स्पेक्टरअन्तर्गत अङ्ग्रेजी फाँट र नागरी फाँटबाट तलब खाने गरेको देखिन्छ । हरेक गढी इलाकाले तोकिएको अवधिमा पाठशाला बन्दोबस्तको इन्स्पेक्टरी अफिसमा प्रतिवेदन पठाउनुपथ्र्याे । १९८२ सालको निजामती थमौतीअनुसार पाठशाला बन्दोबस्त इन्स्पेक्टरी अफिसका अ. बहिदार बाबुराम पाध्या, ना. डिठ्ठा फूलबहादुर श्रेष्ठ, इन्स्पेक्टर देवऋषि पाध्या, गिरिजाप्रसाद भारती, भैरवमान श्रेष्ठ र अम्बरबहादुर गुरुङ तथा ना.रा. विष्णुराम श्रेष्ठ थिए । गढी गाँैडाको प्रतिवेदन बडाहाकिममार्फत इन्स्पेक्टरी अफिसमा पठाउनुपथ्र्याे । १९९१ सालमा सिन्धुली गढी गौँडाको सवालमा गढी इलाकाका पाठशालामा भर्ना भएका विद्यार्थीहरू १० बजे हाजिर भई ४ बजेसम्म बसी पढे नपढेको र पढाए नपढाएको समेत जाँची ३–४ महिनामा पाठशाला बन्दोबस्त इन्स्पेक्टरीमा जाहेर गरेर पठाउनू भन्ने पनि उल्लेख थियो । त्यसमा धेरैवटा आदेशात्मक बुँदा थिए । तीमध्ये ‘गोरखापत्र छापाखानालाई खबर दिने काम’ दफा पनि थियो, “गोरखापत्र छापाखानामार्फत छापी प्रकाश गर्ना निमित्त तेस इलाकाको असल उन्नतिको षबर जे जति छ राजा रैती समेतलाई हित हुने कुरा षुले बनेको समेत जोजति हुन्छ सो बुझी तेस गढीले गोरखापत्र छापाखानालाई खबर दी पठाउनू ।”

नेपाल भाषा प्रकाशिनी समितिले छापेका पुस्तक र दरका बारेमा गोरखापत्रमा प्रकाशित विज्ञापन ।

खास कुरो यस्तो
२००३ साल पुस १७ गतेको गोरखापत्रले जाँच स¥यो शीर्षकमा परीक्षा नियन्त्रण कार्यालयको विज्ञापन प्रकाशित ग¥यो, “विराटनगर श्री जुद्ध पब्लिक स्कुलका छात्रहरू भोलि पौष १७ गतेदेखि खुल्ने यस् यल् सी २००३ (१९४७)को परीक्षामा हाजिर नभएको बेहोरा वीरगन्ज सेन्टरका सुपरिन्टेन्डेन्टद्वारा जाहेर भएकोले श्री डाइरेक्टर जनरल साहेबबाट एक हप्तापछि अर्थात पौष २४ गते वुधबारेखि तल लेखियाबमोजिम जाँच लिने गरिबक्सेकोले सूचना गरेको छ ।” एसएलसी परीक्षाका लागि पुस २४ देखि माघ ७ गतेसम्मको नयाँ तालिका सार्वजनिक गरियो । नयाँ तालिकाअनुरूप परीक्षा सञ्चालन गरियो ।
परीक्षा स्थगन हुनुमा जुद्ध पब्लिक स्कुललाई आरोप लगाइएको थियो । प्रधानमन्त्री भइसकेका नगेन्द्रप्रसाद रिजाल पनि त्यसै वर्षका जुद्ध पब्लिक स्कुलका एसएलसी परीक्षार्थी थिए । आफूमाथि लागेको आरोप सो स्कुललाई स्वीकार्य भएन । फागुन १० गते त्यस विद्यालयका प्रधानाध्यापक श्याम झाले डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रकसन (डिजिपिआई) मृगेन्द्रशमशेर जबरालाई पत्र लेखी गोरखापत्रमा प्रकाशित समाचार गलत भएको भने । हालसम्म सुरक्षित रहेको सो पत्रमा उनले आफ्ना विद्यार्थीहरू वीरगञ्ज परीक्षा केन्द्रमा पुस १२ गते पुगिसकेको र विद्यार्थीलाई चिनाइदिन शिक्षक श्रीकृष्ण चौधरी परीक्षा सुरु हुनु तीन दिनअघि वीरगञ्ज पुगेको उल्लेख गरेका थिए । त्यो बेला परीक्षा सुरु हुने दिन सम्बन्धित विद्यालयका शिक्षकले परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म लगेर चिनाइदिनुपर्ने नियम थियो । प्रधानाध्यापकले आफूहरूका कारण परीक्षा सर्नुपर्ने अवस्था नरहेको दाबी गर्दै गोरखापत्रलाई कारबाही गर्न पत्रमार्फत मृगेन्द्रशमशेरसमक्ष अनुरोध गरेका थिए । त्यो समाचार नभएर परीक्षा नियन्त्रण कार्यालयको विज्ञापन थियो । विज्ञापनको मुनी ‘हरमणि आदी, कन्ट्रोलर अफ एक्जामिनेसन’ उल्लेख थियो । तर प्रधानाध्यापकले विज्ञापन भन्ने थाहा पाएनन् । गोरखापत्रका पत्रकारले लेखेको समाचार भन्ठाने ।
शिक्षा विभागका डाइरेक्टरको मातहतमा पनिका थियो । त्यो बेला पनिका र शिक्षा विभाग एउटै भवनमा थिए । तसर्थ शिक्षा डाइरेक्टरको आदेश बेगर त्यसरी परीक्षा सार्नसक्ने तागत त्यो बेला पनिकाको हुन्थेन । तर दोष जुद्ध पब्लिक स्कुल र तिनका परीक्षार्थीमाथि थोपरियो । २००३ सालमा एसएलसी परीक्षा दिएका गोपीनाथ शर्माले ‘शिक्षामा देखे, भोगे र सुनेको कुरा’मा लेखेका छन्, “मेरो इच्छाधीन कृषि विषय थियो । इच्छाधीन कृषि विषय लिने छात्रहरूले प्रयोगात्मक परीक्षा दिन ताहाचल एक्सपेरिमेन्टल फार्म पुग्नुपथ्र्याे । कृषि इच्छाधीन विषय लिने छात्रमा डिजिपिआई मृगेन्द्रशमशेरका छोरा आदित्यशमशेर पनि रहेछन् । उनीसँग त्यहाँ कुराकानी हुँदा उनी परीक्षा सुरु हुनु दुई दिनअघिदेखि ज्वरो आई बेरामी परेछन् । त्यसैले सात दिन परीक्षा सारिएका रहेछ भन्ने बुझियो ।” 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?