logo
२०८१ जेष्ठ ५ शनिवार



विघटनसम्बन्धी मुद्दा हेर्न तोकियो संवैधानिक इजलास

मुख्य समाचार |


विघटनसम्बन्धी मुद्दा हेर्न तोकियो संवैधानिक इजलास


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १४ गते । प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइका लागि सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूसहित पाँच सदस्यीय संवैधानिक इजलास तोक्नुभएको छ ।
सो इजलासमा अन्य न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहाजुर केसी, बमकुमार श्रेष्ठ रहनुभएको सर्वोच्चर अदालतले आज जारी गरेको पेशी सूचीमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेका ३० वटा रिटको आज सुनुवाइ हुँदैछ ।
विघटनपछि ११ वटा रिट संवैधानिक इजलासमा परेको थियो भने अन्य १९ वटा रिट सर्वोच्च अदालतमा परेका थिए । अन्य रिटहरूमा बिहीबारकाे सुनुवाइ  प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा पेश गर्न आदेश दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?