logo
२०८१ बैशाख १४ शुक्रवार



प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ, सल्लाहकार थापा र भण्डारीमा संक्रमण

मुख्य समाचार |


प्रधानमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ, सल्लाहकार थापा र भण्डारीमा संक्रमण


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रधानमन्त्री ओलीसहित सचिवालयका व्यक्तिमा परीक्षण गर्दा उहाँको  रिपोर्ट नेगेटिभ आएको हो ।

यसै गरि पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूलाई कोरोना संक्रमण भएको आधिकारीक फेसबुक सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

थापा र भण्डारीलाई पहिलो चरणमा पनि कोरोना संक्रमण देखिएको थियो । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?