logo
२०८१ बैशाख १५ शनिवार



कोरोना प्रतिकार्य अस्पतालको विकास

राष्ट्रिय |


कोरोना प्रतिकार्य अस्पतालको विकास


नगेन्द्र सापकोटा

भक्तपुर, वैशाख १७ गते । मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई कोभिड–१९ प्रतिकार्य अस्पतालका रूपमा विकास गर्दै आएको छ । नगरपालिकाले आफ्नै साधन र स्रोतमा नगर अस्पताललाई कोरोना प्रतिकार्य अस्पतालका रूपमा स्वास्थ्य पूर्वाधार निर्माण गरेको हो ।
काठमाडौँ उपत्यकामा कोरोनाको दोस्रो लहर फैलिरहेको अवस्थामा मध्यपुर थिमि नगरपालिकाले सो अस्पतालमा सङ्क्रमितको उपचारका लागि थप स्वास्थ्य पूर्वाधार विकास गर्दै आएको छ ।
नगरपालिकाले आफ्नै स्रोतमा पीसीआर ल्याब, सातवटा भेन्टिलेटर, नौ शøयाको आईसीयू, १४ श(याको एचडीयू, अक्सिजन प्लान्ट कक्ष, ७० श(याको आइसोलेसन र विद्युत् आपूर्तिका लागि पाँच सय केभी ट्रान्सफर्मर जडान गरेको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “नगरपालिकाकै स्रोत र साधनमा यो अस्पतालमा कोरोना सङ्क्रमणको उपचारका लागि आवश्यक स्वास्थ्य पूर्वाधार तयार गरेका हौँ । ”
सरकारले आफ्नो नीति तथा कार्यक्रममा नगरपालिकामा न्यूनतम १५ र गाउँपालिकामा न्यूनतम पाँच श(याको अस्पताल बनाउने घोषणा गरेको छ । यसै कार्यक्रमअन्तर्गत कतिपय स्थानीय तहमा भवन निर्माण भइरहेका छन् भने कतिपयमा उपकरण र जनशक्ति थप गर्ने काम भइरहेको छ ।
उहाँले सरकारको नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न मध्यपुर थिमि नगरपालिकाले सुविधा सम्पन्न नगर अस्पताल निर्माण गरेको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितको उपचारलाई सहज बनाउन गत वर्ष अस्पतालले नर्सिङ रोबोटको प्रयोग गरेको थियो । अहिले पनि दुईवटा नर्सिङ रोबोट तयारी अवस्थामा राखिएको छ । सङ्क्रमितलाई आवश्यक पर्ने खाना, पानी, लत्ताकपडा, औषधिलगायतका वस्तु ढोकाबाट बिरामीको शøयासम्म पु¥याउने गरी अस्पतालले रोबर्ट तयारी अवस्थामा राखेको हो ।
सो अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार (डिके) रोशनले अस्पतालले कोरोना सङ्क्रमितलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्दै आएको बताउनुभयो । उहाँले अस्पताललाई नमुना नगर अस्पताल बनाउने पूर्वाधार थप गर्दै गएको जानकारी दिनुभयो । अस्पतालमा एक सय श(या छ भने २४सै घण्टा शल्यक्रिया, डाइलासिसलगायतका सेवा सञ्चालन भइरहेको छ । नेपाल–कोरिया मैत्री अस्पताल सन् १९९९ मा स्थापना भए पनि स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले नगर अस्पतालका रूपमा थप पूर्वाधारसहित सेवा विस्तार गरी सेवा दिन थालेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?