logo
२०८१ बैशाख १९ बुधवार



निर्वाचनका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु हुन्छ : प्रवक्ता श्रेष्ठ

मुख्य समाचार |


निर्वाचनका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु हुन्छ : प्रवक्ता श्रेष्ठ


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २ गते । निर्वाचन आयोगले सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको बताएको छ । आगामी निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताबारेमा दलका प्रतिनिधिहरुसँग आज आयोगमा छलफल गर्दै आयोगले सो कुरा बताएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार निर्वाचन आयोग तोकेकै समयमा निर्वाचन गराउन सक्षम रहेको दलहरुलाई प्रष्ट पारेको जानकारी दिनुभयो । आजको बैठकमा दलका प्रतिनिधिहरुबाट रचनात्मक सुझाव आएको पनि उहाँले बताउनुभयो । केही सुझाव भोलि सोमबारसम्म लिखितरुपमा आउने पनि आयोगले बताएको छ ।
प्रवक्ता श्रेष्ठकाअनुसार राजनीतिक दलका प्रतिनिधिहरुबाट सुझाव प्राप्त भएपछि सोही सुझावका आधारमा आचारसंहिता स्वीकृत गरिनेछ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आधिकारिकताका विषयमा पनि आयोगले छिट्टै निर्णयमा पुग्ने उहाँले बताउनुभयो ।
“सरकारले तोकेको अवधिमा आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गराउन आयोग सक्षम छ” प्रवक्ता श्रेष्ठले पत्रकारलाई जानकारी दिनुभयो । राजनीतिक दल, तिनका भातृसंगठन, उम्मेदवारले गर्नुपर्ने परिपालनाका विषयमा केन्द्रित भएर आजको बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । विगतमा भएको कमी कमजोरीलाई परिमार्जित र व्यवस्थित गरी आचारसंहिता तयार भएको उहाँले बताउनुभयो ।
बैठकमा १४ वटा राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको सहभागिता रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु हुने उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?