logo
२०८१ बैशाख १५ शनिवार



पशुपति हिन्दु विश्वविद्यालय बन्ने

राष्ट्रिय |


पशुपति हिन्दु विश्वविद्यालय बन्ने


भउचप्रसाद यादव

काठमाडौँ, माघ २५ गते । मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन र जगेर्ना गर्ने उद्देश्यसहित पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा स्थापना गर्न लागिएको यस विश्वविद्यालय स्थापनाका लागि अध्ययन थालिएको छ ।
कोषका सदस्यसचिव प्रदीप ढकालले मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन, संरक्षण तथा प्रवद्र्धन गर्न कोषले ‘पशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने अवधारणा ल्याई निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । पशुपति क्षेत्रको सम्पूर्ण विकासका लागि यसअघि निर्माण गरिएको गुरुयोजनामा समेत हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव समावेश गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “विश्वविद्यालय स्थापना गर्न अध्ययन सुुरु गरिएको छ ।”
उहाँले भन्नुभयो, “विश्वविद्यालय स्थापनाका लागि अबको एक महिनाभित्र अध्ययन प्रतिवेदन तयार भइसक्ने छ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण प्रक्रिया अगाडि बढाइने छ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?