logo
२०८१ बैशाख १५ शनिवार



सरकारद्वारा दाङ औद्योगिक क्षेत्र घोषणा

मुख्य समाचार |


सरकारद्वारा दाङ औद्योगिक क्षेत्र घोषणा


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते । सरकारले मुलुकको अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र संघर्षका क्रममा जीवन उत्सर्ग शहीदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख संकलन गरी परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गत आइतबार बसेको मन्त्री परषदको बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै बुधबार सो कुराको जानकारी गराउनुभयो । अभिलेख संकलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ । कमिटीमा खानेपानी मन्त्री मणीचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य हुनुहुन्छ ।

त्यसैगरी सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं। ४ र ५ अन्तर्गत चारकिल्लाभित्र पर्ने ५४९ विघा जग्गालाई दाङ औद्योगिक क्षेत्र घोषणा गरेको छ । सो क्षेत्र साविकको धर्ना र लक्ष्मीपुर गा।वि।स। वडा नं। १ मा पर्छ । चारकिल्लाको पूर्वीक्षेत्र लमही घोराही सडक, पश्चिम पाण्डेश्वर धार्मिक वन, उत्तर ववई नदी र दक्षिणमा वन क्षेत्र पर्छ ।

सोहीअनुसार बाङमय शताब्दी पुरुष डा। सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अङ्कित छपाई भई आएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृति दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता गुरुङकाअनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गर्ने निर्णय गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?