logo
२०८१ बैशाख १५ शनिवार



राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

मुख्य समाचार |


राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ । आज दिउँसो शीतल निवासमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार प्रधानमन्त्री ओली दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर फर्किसक्नुभएको छ ।
प्रेस विज्ञ बजगाईका अनुसार प्रधानमन्त्रीको राष्ट्रपति भण्डारीसँगको यो नियमित भेट हो । सरकारको कार्य प्रगति तथा नियमित कामबारे प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?