logo
२०८१ बैशाख १४ शुक्रवार



माघे सङ्क्रान्तिको शुभकामना

मुख्य समाचार |


माघे सङ्क्रान्तिको शुभकामना


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे सङ्क्रान्ति एवं माघी पर्वका अवसरमा देश–विदेशमा रहनुभएका सबै नेपालीको सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे सङ्क्रान्ति एवं माघी पर्वले नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ । यस चाडले नेपालको हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?