logo
२०८१ बैशाख १४ शुक्रवार



कुुष्ठरोगीलाई झन् कष्ट

मुख्य समाचार |


कुुष्ठरोगीलाई झन् कष्ट


 

सरोज ढुङ्गेल


काठमाडौँ, कात्तिक २ गते ।
धनुषा गोदारका लीलानाथ यादव (नाम परिवर्तन) कुष्ठरोगी हुनुहुन्छ । धनुषास्थित लालगढ अस्पतालमा नियमित उपचार गरिरहनुभएको थियो । गत चैतदेखि प्रदेश–२ सरकारले लालगढ अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) का लागि क्वारेन्टाइन बनाएका कारण उहाँ अस्पताल जान सक्नुभएन । उहाँ कुष्ठरोगकै कारण अपाङ्ग हुनुहुन्छ ।
झापाका शैलेश सिंह (नाम परिवर्तन) कुष्ठरोग जटिल अवस्थामा पुगेपछि अस्पताल जानुभयो । त्यो बेला ज्वरो आउने समस्या देखियो । ज्वरो आउने समस्या भएपछि अस्पतालमा चिकित्सकले उपचार गर्न मानेनन् । २३ हजार रुपियाँ एम्बुलेन्सलाई तिरेर ललितपुर दक्षिणी भेगको आनन्द वन अस्पताल ल्याइयो । आनन्द वनको ल्याप्रोसी मिसन अस्पतालमा जटिल किसिमका कुष्ठरोगीको उपचार हुने गर्दछ । कोरोनाका कारण उहाँले पाएको दुुःखको सीमा छैन ।
सिंह र यादव जस्ता हजारौँ बिरामीलाई कोरोनाले उत्पन्न गरेको अवस्थाका कारण कुष्ठरोग उपचारमा समस्या भइरहेको छ । कुष्ठरोग लागेका व्यक्तिलाई नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । कोरोनाका कारण यातायात पूर्ण रूपमा बन्द हुँदा कतिपय बिरामीले नियमित औषधि सेवन गर्न पाएनन् । कतिपय जटिल अवस्थामा पुगेका बिरामी समस्या सामना गरेर बसिरहे ।
नेपालमा सन् २०१० मा कुष्ठरोग निर्मूलीकरण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ सङ्क्रमित देखिएका छन् ।

आर्थिक वर्ष २०७६÷७७ मा मात्र नेपालमा शूून्य दशमलव ९९ प्रतिशत प्रिभेलेन्स दर थियो । उक्त दर एक प्रतिशतमा पुग्ने बित्तिकै जनस्वास्थ्य समस्याका रूपमा लिइन्छ । त्यसो त सन् २०१० मा एक प्रतिशतभन्दा माथि भएका कुल जिल्ला १२ थिए भने हाल ती जिल्ला बढेर १८ पुगेका छन् । यसले नेपालमा कुष्ठरोग घट्नुको सट्टा झन् बढ्दैछ भन्ने प्रस्ट देखाउँछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा तीन हजार २१८ जना नयाँ कुष्ठरोगी देखिएका छन् । कुष्ठरोग शाखाका मेडिकल अधिकृत डा. उत्तम घिमिरेले २०२० सम्ममा अपाङ्गता शून्यमा झार्ने भनिए पनि २१८ जनामा अपाङ्गता देखिएको बताउनुभयो । उहाँले पछिल्लो समय बालबालिकामा समेत कुष्ठरोग देखिएको जानकारी दिनुभयो । उहाँले कुष्ठरोगीले अवस्था हेरेर छ महिना, एक वर्ष र दुई वर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?