logo
२०८१ बैशाख १५ शनिवार



प्रधानमन्त्री ओलीको कोरोना परीक्षणः रिपोर्ट ‘नेगेटिभ’

मुख्य समाचार |


प्रधानमन्त्री ओलीको कोरोना परीक्षणः रिपोर्ट ‘नेगेटिभ’


गोरखापत्र अनलाइन

काठमाडौँ, साउन २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । दैनिकजसो छलफल र भेटघाटमा व्यस्त रहनुहुने प्रधानमन्त्री ओलीको मङ्गलबार नै परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्रीको कोरोना परीक्षण रिपोर्ट बुधबार नै आएको हो । प्रधानमन्त्रीसँगै नियमित सम्पर्कमा रहने प्रधानमन्त्रीका अङ्गरक्षकसहित केही सुरक्षाकर्मीहरूको पनि परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । “सबैको रिपोर्ट नेगेटिभ आएको छ” बजगाईंले भन्नुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?